सरकारले मंगलबार बसेको मन्त्रिपरिषदको बैठक पश्चात् मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषदको बैठक पश्चात् सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषदबाट भएका विभिन्न निर्णयहरु सार्वजनिक गरेका हुन् ।
मंगलबार मन्त्रिपरिषदले गरेका निर्णयहरुमाः नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । त्यसैगरी सुनसरी र सिराहा जिल्लामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका ४ जना गणेश कुमार यादव, ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रबिन्द्र कुमार मेहतालाई शहीद घोषणा गर्ने सरकारले निर्णय गरेको छ । त्यसैगरी पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेती (बारा) लाई नियुक्ति गर्ने, पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने लगायतका निर्णयहरु मन्त्रिपरिषदले गरेको छ ।

Previous articleमुख्य सचिवमाथि अनादर भयो प्रवक्ता झा
Next articleसिरियाका पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको सजायँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here