राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद मनिष झाले मुख्य सचिवको विदाई प्रक्रियामाथि प्रश्न उठाउँदै उनीमाथि अनादर भएको बताएका छन् ।
सरकारी सेवाबाट निवृत्त भई मुख्य सचिवबाट विदा लिएका व्यक्तिलाई प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकारले विदा गर्नु गलत अभ्यास भएको बताउँदै झाले सरकारको कामप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले भनेका छन्, ३५ वर्ष सरकारी सेवा गरेका र मुख्यसचिव भएर काम गरेकालाई बिदाइ गर्दा प्रधानमन्त्रीका सल्लाहकारले गर्नु गलत थियो।मुख्यसचिव माथिको अनादर भयो, यो त अपहेलना जस्तै हो । उनले थपे, सल्लाहकार राज्यको औपचारिक पदाधिकारी पद होइन । उनको बिदाई कम्तिमा पनि मन्त्रीसम्मले गर्नु पर्दथ्यो ।
यस प्रकारको अभ्यास नेपालको संविधानमा परिकल्पना गरिएको छैन भन्दै झाले राज्यका उच्च ओहदामा बसेर देश र जनतको सेवामा लामो योगदान पुर्याएका विशिष्ट श्रेणीका कर्मचारीलाई बिदाई पदीय गरिमा र मर्यादा कायम गर्नु राज्यको दायित्व भएको बताए ।



