पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ।
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार ठहर भइ थुनामा रहेका कार्कीलाई विशेष अदालत पाटका न्यायाधिसहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त आदेश दिएको हो। कार्की विरुद्ध पोखरा विमानस्थल निर्माणका क्रममा निर्माण कम्पनीलाई कर छुट दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो।



