बरिष्ठ कार्डियाक सर्जन प्रा.डा. अनिल भट्टराईलाई ओपन हर्ट सर्जरीमा अर्को सफलता मिलेको छ ।
लामो समयदेखि ओपन हर्ट सर्जरीको क्षेत्रमा विशेषज्ञता हासिल गर्दै आएका प्रा.डा. भट्टराई पहिलो पटक मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी प्रविधिबाट ओपन हर्ट सर्जरी गर्न सफल भएका हुन् ।
मुटुको शल्यक्रियामा हरेक पटक नयाँ प्रविधिको प्रयोग गर्दै सफलता समेत प्राप्त गरिरहेका प्रा.डा. भट्टराईले काठमाडौंको फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी प्रविधिबाट ओपन हर्ट सर्जरी गरी आफ्नो सफलताको उचाई बढाएका हुन् ।
फ्रण्टलाईन अस्पतालका अनुसार प्रा। डा। भट्टराईको नेतृत्वमा नेपाल मै पहिलो पटक यस प्रकारको शल्यक्रिया मार्फत बिरामीको एट्रियल सेप्टल डिफेक्ट अर्थात् मुटुमा रहेको प्वाल बन्द गरिएको हो ।
उक्त प्रविधिबाट फ्रण्टलाईन अस्पतालमा उपचाररत झापाका २२ वर्षीय युवाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको हो। बिरामीको आर्थिक अवस्था कमजोर रहेको मूल्यांकनपछि अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शल्यक्रिया, चिकित्सक शुल्क, अस्पताल शुल्क, औषधि, आईसीयू सेवा, प्रयोगशाला परीक्षण लगायत सम्पूर्ण उपचार सेवा शतप्रतिशत निःशुल्क उपलब्ध गराएको जनाएको छ ।
लामो समयदेखि कार्डियाक सर्जरीको क्षेत्रमा काम गर्दै विशेषज्ञता हासिल गर्दै आइरहेका प्रा.डा. भट्टराई हरेक पटक नयाँ नयाँ आधुनिक प्रविधिको प्रयोग गर्दै नेपालको कार्डियाक सर्जरीमा छिटो छरितो, भरपर्दो तथा आधुनिक उपचार पद्धतिलाई भित्र्याइरहेका मात्र छैनन् नेपालका दुर दराजमा पुगेर त्यहाँको समाजका आर्थिक अवस्था कमजोर भएका स्थानीयहरुलाई निशुल्क उपचार सेवा समेत प्रदान गर्र्दै आइरहेका छन् । आगामी दिनमा समेत उनको प्रयोगले नेपालको चिकित्सा क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गर्न सकिन्छ ।

Previous articleउत्कृष्ट नेपाली स्वास्थ्यकर्मी सम्मान प्राध्यापक थापालाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here