नेपालका प्रधानमन्त्री बालेन्द्र शाह गत केही हप्तादेखि व्यवसायीहरुसँगको भेटघाटमा निरन्तर सक्रियता देखाइरहेका छन् ।
गते केही हप्तादेखि देशका नीजि क्षेत्रको प्रतिनिधित्व गर्ने बिभिन्न संघ, संस्था तथा व्यवसायिक प्रतिष्ठानहरुसँगको भेटघाटलाई निरन्तरता दिईरहेका प्रधानमन्त्री बालेन्द्र शाहले खाज गरी नेपालमा उद्योग व्यवसाय प्रवद्र्धन र विकासका लागि सम्बन्धित उद्योगी व्यवसायीहरुसँग निरन्तर छलफल गरी उनीहरुका उचित मागहरु सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै आइरहेका छन् र सोही क्रममा आज पनि केही व्यवसायीहरुसँग भेटघाट गर्ने तय भएको हो । सोही क्रममा प्रधानमन्त्री शाहले आज अग्र्यानिक संघका पदाधिकारीहरुलाई भेटघाटका लागि बोलाएका हुन् ।
प्रधानमन्त्री शाहको सचिवालयले दिएको जानकारी अनुसार अग्र्यानिक संघका पदाधिकारी तथा सदस्य व्यवसायीहसँग बिहान ११ बजे प्रधानमन्त्री कार्यालयमा छलफल गर्ने तय भएको हो । उक्त छलफलमा संघका तर्फबाट अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा तथा गोर्खा टि स्टेटका अध्यक्ष उदय चापागाइँ, हिमालयन साँग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्टस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी हुने संघले जनाएको छ ।
अग्र्यानिक संघ नेपालमा जैविक कृषि उत्पादन, प्रशोधन तथा व्यापारका साथै उपभोगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ गठन भएको संस्था हो ।



