चीनको मौसम विभागका प्रमुखले जलवायु परिवर्तनले मुलुकलाई ठूलो प्रभाव पारिसकेको बताउंदै अझै गम्भीर समस्या आउने चेतावनी दिएका छन्।

चिनियां सरकारी तहबाट विरलै त्यस्ता खाले स्वीकारोक्ति आउने गर्छन्।

चुनौती

मौसम विभागका प्रमुख चंग गुओग्वांगले चीनमा आजकाल धेरै खडेरी अविरल वर्षा र तापक्रम बढिरहेको बताए।

यसका कारण नदीहरुको बहाव परिवर्तन हुने गरेको तथा खेतीको उब्जनीमा कमी आउने थालेको उनले तर्क गरे।

साथै थ्री गर्जेज तटबन्ध जस्ता ठूला आयोजनाहरुका लागि पनि मौसम परिवर्तन खतरा रहेको उनले टिप्पणी गरे।

चीनले कार्बन उत्सर्जन कम गर्ने भविष्य चीनले पछ्याउनुपर्ने आवश्यकता पनि चंगले औल्याए।

विश्वकै सबैभन्दा बढी प्रदूषकका रुपमा चिनिने चीनले सन् २०३० सम्म आफ्नो हरितगृह ग्यास उत्सर्जन चुलीमा पुग्ने जनाएको छ।

तर चीनले त्यस्तो ग्यास उत्सर्जन कटौतीका लागि कुनै लक्ष्य निर्धारण गरेको छैन।

चीन र अमेरिकाले विश्वको कुल कार्बन उत्सर्जनको करिब ४५ प्रतिशत हिस्सा ओगट्छन्।

यी दुवै मुलुकका नेताहरु यो वर्ष प्यारिसमा भेट्दैछन् जहां सन् २०२० सम्म कार्बन उत्सर्जन कटौतीबारे विश्वव्यापी सम्झौता गर्ने विषयमा प्रयास हुनेछ।

-बि बि सी नेपाली

Previous articleअध्यक्ष प्रचण्ड चीन प्रस्थान
Next articleजसले सिंगापुरलाई सिंगापुर बनाए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here