बार्सिलोना। युरोपमा फोटोग्राफी तथा भिडियोग्राफीमा चर्चा बटुलेका साईग्रेस पोखरेलले नयाँ म्युजिक भिडियो निर्देशन गरेका छन्। गायक तुलसी शिवाकोटीको “छोरी” नामको गीतमा उनले निर्देशन गरेका हुन्। पर्यटकीय क्षेत्र बार्सिलोना वरपरको क्षेत्रमा छायाङ्कन गरिएको गीतमा गायक शिवाकोटी सहित उनकी छोरी रितिशा शिवाकोटीको अभिनय रहेको छ।

काठमाडौ महानगरपालिका – १४ कलङ्की स्थायी घर भएका साईग्रेस बार्सिलोनाका तीन वटा ब्यबसायिक कम्पनीहरुमा समेत आवद्व छन्। हाल स्पेनलाई कर्मथलो बनाएका उनले यसअघि डेनमार्क बसाईको क्रममा पनि यसै क्षेत्रमा निरन्तरता दिदै आएका थिए।

पोखरेल भन्छन्,” यो पेशा मेरो लागि नशा जस्तै बनेको छ,अब बिस्तारै म्युजिक भिडियो बनाउने क्रमलाई पनि निरन्तरता दिनेछु। यहाँहरुकै माया, हौसला र प्रेमले नै अघि बढ्न प्रेरेणा मिलिरहेको छ।” उनले यसअघि आधा दर्जन भिडियोहरु निर्देशन गरिसकेका छन्।

गायक शिवाकोटी पनि युरोपमा एक सक्रिय गायकको रुपमा परिचित छन्। उनले आफ्नै छोरीलाई समर्पित गर्दै पछिल्लो गीत बजारमा ल्याएका हुन्। बेल्जियम निबासी योगिता थापाको रचना रहेको गीतमा निरज श्रेष्ठको संगीत रहेको छ।

सुदिप रिमालको सहायक निर्देशन रहेको गीतको सम्पादन अनिल खनालले गरेका छन्। नेपालोना ईभेन्टका निर्देशक समेत रहेका पोखरेल भन्छन्,” साईग्रेस प्रोडक्सनबाट अब भिडियो निर्देशनका कामलाई पनि तिब्रता दिनेछौ।प्रबासमा नै रहे पनि नेपाली गीतसंगीतमा जोडिन पाउनु हाम्रो अहोभाग्य हो।”

Previous articleरिता बिन्दु पाण्डे म्युजिक भिडियोमा
Next articleस्विट्जरल्याण्डमा ग्याल्बो ल्होसार मनाईयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here