स्विट्जरल्याण्ड। शेर्पा सोसाइटी स्विट्जरल्याण्डले ग्याल्बो ल्होसार एक कार्यक्रमका बीच मनाएको छ। स्वीसबासि नेपाली समुदाय माँझ सोसाईटीले शनिवार  टुर्गीमा ल्होसार मनाएको हो। शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुने गर्छ। प्रवासमा रहे पनि नेपाली संस्कृतिको जगेर्ना गर्न कार्यक्रमको आयोजना गरेको सोसाइटीले जनाएको छ।

नेपाली राजदूतावासका द्वितीय सचिव विजय राज तन्डुकारले कार्यक्रममा बोल्दै ग्याल्बो ल्होसारको उपलक्ष्यमा शुभकामाना ब्यक्त गरे। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विटजरल्याण्डका अध्यक्ष भुमि गुरुङ लगायत  बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको कार्यक्रममा उपस्थिति रहयो।

गायक छिरिङ शेर्पाले गीत संगीत प्रस्तुत गर्दै दर्शकको मन जिते। यस्तै भ्वाइस अफ नेपालबाट परिचित बनेका गायक अनिश श्रेष्ठको पनि बेजोड प्रस्तुति रहयो।

Previous articleयुरोपबाट साईग्रेसको निर्देशनमा “छोरी”
Next articleराजदूत दीपक धिताल लाई एनआरएनए स्विट्जरल्याण्डले बिदाइ गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here