काठमाडौं। नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र रोटरी क्लब अफ डिल्लीबजार बीच आर्थिक वर्ष २०८३/०८४ मा एकीकृत आँखा परीक्षण शिविर सञ्चालन गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

दुइ संस्थाबीच सम्पन्न सम्झौता अनुसार तिलगंगा आँखा प्रतिष्ठानले आँखा परीक्षणका लागि आवश्यक जनशक्ति तथा उपकरण उपलब्ध गराउने, शिविर सञ्चालन गर्ने र आवश्यकता अनुसार विपन्न तथा असहाय बिरामीको मोतिबिन्दुको शल्यक्रिया निःशुल्क वा सहुलियतमा गराउने व्यवस्था मिलाउनेछ। साथै, आवश्यक औषधि समेत उपलब्ध गराइनेछ।

त्यस्तै, रोटरी क्लब अफ डिल्लीबजारले शिविर सञ्चालनमा स्वयंसेवक परिचालन गर्ने, प्राविधिक कर्मचारीको खानाको व्यवस्था गर्ने तथा आँखा परीक्षणका लागि आवश्यक स्थानको प्रबन्ध गर्नेछ।

दुवै संस्थाबीचको यस सहकार्यले समुदायस्तरमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न तथा आवश्यक उपचारबाट वञ्चित नागरिकलाई सहयोग पुर्‍याउन योगदान गर्ने अपेक्षा गरिएको छ।

Previous articleशिक्षादेखि कृषि विकाससम्मः ककडी गाउँको रूपान्तरणमा रोटरी क्लब अफ डिल्लीबजारको पहल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here