गीतकार दीपकराज पाठकको शब्द रचना र निर्देशन रहेको “मैले भन्दा धेरै माया” गीतको म्यूजिक भिडियोमा स्विट्जरल्याण्ड निवासी रिता बिन्दु पाण्डेले अभिनय गरेकी छिन्।

संगीत एवं संगीत संयोजन विपिन आचार्यको र माण्डवी त्रिपाठीको स्वर रहेको यो म्यूजिक भिडियो मा शिवराम श्रेष्ठको छायाँकन र भिडियो सम्पादक विकास धमलाले गरेका छन्।

म्यूजिक भिडियोमा गजित विष्ट र कसिस दाहाललाई प्रमुख भूमिकामा फिचरिङ गरिएको छ भने स्विट्जरल्याण्ड निवासी रिता विन्दु पाण्डे, एलिना पाठक, प्रकाश लम्सालको अभिनय रहेको छ।

बिन्दु पाण्डे श्रीमान र दुई छोराका साथ १८ वर्ष देखि स्विट्जरल्याण्डको युरा कान्टोन स्थित डेलेमोन्टमा बस्दै आएकी छिन्।

आउँदो समरमा स्विट्जरल्याण्डमानै छायाँकन हुने ३ वटा जति म्यूजिक भिडियोमा अभिनय गर्नको लागि तयारी गरिरहेकी उनले बताईन।

गीतकार बाट निर्देशक बनेका दीपक राज पाठकको गीत “मैले भन्दा धेरै माया” मार्फत पाठक कै बैनी पाण्डे सफल कलाकारमा अब्बल देखिइन।

Previous articleतुर्गीमा हुने ग्याल्बो ल्होसार सांस्कृतिक कार्यक्रमको तयारी पूरा।
Next articleयुरोपबाट साईग्रेसको निर्देशनमा “छोरी”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here