गाउँमा आफ्नै स्कुल भवन थिएन। कहिले मामाको घरमा कहिले काकाको घरमा कोठा लिएर पढ्थे उनि। बाहिर घाम तापेर गोलबन्दी गरेर केहि गुरुहरुको सहयोगले आधारभूत शिक्षा लिएका थिए ओखलढुंगाका जनानर्दन गौतमले। हाल उनि स्विट्जरल्याण्डको बेटिङगेनमा बस्छन्। स्विट्जरल्याण्डमा ट्राभल एजेन्सी संचालन गर्दै आएका गौतमलाई भने आफ्नो बालापनको यादले नै सताउने गरेको छ।

“गाउँको याद आईरहन्छ। बस्तुबाख्रा चराएको। घास काटेको, खेति गरेको। उकाली ओराली गर्दै गीत गाएको। कहिले काही रोदी पनि बसेको। गाउको तल एउटा नदी छ जसलाई लिखु भनिन्छ। त्यही बर खेतका फाँटहरुमा डन्डीबियो खेल्थ्यौ। म संसारको जहाँ सुकै पुगेको हुला तर मलाई यी कुराहरु मनमा आईरहन्छन्” गौतम भन्छन्।

त्यतिबेला उनि आँफू त स्कुल जान पाएनन्। जसोतसो आधारभूत शिक्षा लिने मौका भने पाए। तर उनको मनमा सधैँ रहिरहन्थ्यो कि गाउँमा एउटा स्कुल भईदिए कति धेरै बालबालिकाहरुले अक्षर चिन्ने मौका पाउथे।

“अर्को स्कुल जान लामो बाटो पैदल गर्नुपर्थ्यो। यसैले कतिपय बच्चाहरु स्कुल जानै सक्दैन्थे। स्कुल जानै बन्चित हुन्थे। आमा बाबाहरुलाई आफ्ना बच्चाहरु कसरी एक्लै पठाउने भन्ने ठुलो चिन्ता हुन्थ्यो। सानो बच्चा स्कुल पुग्न सक्छ सक्दैन उनीहरु दोधारमा हुन्थे। त्यसैले बच्चाहरु ठुलो हुने बेला सम्म पनि स्कुल जाँदैनथे। सबैको एउटै ईच्छा थियो कि गाउँमा एउटा स्कुल भईदिए …..” गौतमले गाउँलाई सम्झीए।

सन् २००२ मा उनि गाउँ फर्किए। जस्तो छोडेको गाउँ त्यस्तै नै थियो। गाउँमा कुनै परिबर्तन थिएन।गाउँले कुराले उनको मनमा स्कुल बनाउनु पर्छ भन्ने संकल्प जाग्यो। अन्तत: उनले जनादर्न गौतम प्रतिष्ठानको सहयोग तथा स्विस साथीहरुको सहयोगमा ४ कोठे स्कुल बनाए। गौतम भन्छन् ,” म पुगेको अर्को बर्षमा नै ढुंगा माटो,काठ र जस्ताको छानो लगाएर त्यतिबेलाको चलन अनुसारको चारकोठाको स्कुल बनायौ। स्कुल शुरुवात भयो गाउलेहरु खुशी भए। बच्चाहरु त्यही स्कुलमा पढ्न थाले। हामीले एउटा शिक्षिका राख्यौ र सरकारबाट एउटा दरबन्दी प्राप्त भयो। त्यसको केहि बर्षहरु सबै ठिकठाक नै चलेकै थियो।”

तर सन् २०१५ को महाभूकम्पले गाउँका घरहरु मात्र हैन, गाउँकै त्यो एउटै स्कुललाई समेत बाँकी रहेन।गाउँको समस्या जहाँ को त्यही नै फर्कियो। भाग्यवश गाउँमा कुनै मानबिय क्षति भने हुन पाएन। उनि भन्छन्।,” फेरि पहिले झैँ साथीभाईहरुलाई बोलाए,दालभात खुवाए र स्कुलका लागि सहयोग जुटाए।”

पोकली १ लेती ओखलढुंगामा रहेको श्री पुरुषोत्तम आधारभूत बिद्यालय,। अन्तत:९ फेब्रअरी २०१७ देखि पुन: संचालनमा आयो। उनै गौतमको पहल र सहयोगमा बनेको स्कुलमा अहिले गाउँकै ३५ जना बालबालिकाहरुले आधारभूत शिक्षा लिईरहेका छन्। आँफू स्कुल बिनानै बाहिर घाम तापेर गाउँमै पढेका गौतमले अन्तत: दुई-दुई पटकसम्म गाउँमा स्कुल बनाई छाडे।

उनि भन्छन्,”भूकम्पले तहसनहस बनाए पनि आफ्नो गाउँमा आफ्नै बलबुताले फेरि स्कुल बनाएकाछौ। गाउँलेलाई पनि हामी हारेका छैनौ भन्ने आत्मविश्वास बढेको छ।अहिले २ जना शिक्षिकाहरु छन्। उनिहरुले दैनिक कक्षा लिन्छन् र त्यहाँको जीवन सामान्यअबस्थामा फर्कि सकेको छ।”

सबैले सरकारको मुख ताकेर पनि हुँदैन गौतम भन्छन्,” अहिले लाखौ युवाहरु बिदेशमा छौ,कम्तिमा आँफू जन्मेको गाउँलाई कुनै न कुनै रुपमा सम्झने हो भने उनीहरुको जीवनमा अलिकति भए पनि परिबर्तन आउथ्यो कि ? अहिले त म गाउँ जाँदा फुलमाला मात्र हैन गाउँलेले मनकै माला लगाएर स्वागत गर्छन्।”

Previous articleढिलै भए पनि स्विट्जरल्याण्डमा दशै कार्यक्रम सम्पन्न
Next articleचलचित्र ‘कपुरी क’ युरोपभर देखाइदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here