बेर्न। स्विट्जरल्याण्डबासी नेपालीहरूको दशै बिशेष कार्यक्रम गर्दै ढिलै भए पनि बडा दशै मनाएका छन्। कोजाग्रत पुर्णिमासँगै दशै समापन भएपनि आईतबार एक कार्यक्रमका बीच दशै मनाएका हुन्। नेपाली समाज बेर्न र गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डको संयुक्त आयोजनामा बेर्नमा कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै स्विट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले प्रबासमा पनि सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी प्रेम र सद्भभाव पूर्ण उपस्थिति रहेको भन्दै नेपाली समुदायको प्रंशसा गरे। उनले भने,”हामी बहुभाषिक बहु साँस्कृतिक समाज हौ। सबै चाडपर्बहरुको उपलक्ष्यमा शुभकामाना दिदै ब्यक्त गरे।” सांस्कृतिक परम्पराहरुको ठुलो अर्थ रहेको बताउदै राजदूत धितालले देशभित्र वा बाहिर जहाँ सुकै भएपनि भुल्न नहुने बताए।

नेपाली भाषा-संस्कृतिको प्रवद्वन गर्ने मुख्य उदेश्य रहेको कार्यक्रममा बालबालिकाहरूका लागि नेपाली वर्णमाला र नेपाली पोशाक सहितको फेसन शो आयोजना गरिएको थियो। यसरी नेपाली भाषालाई महत्व दिदै बालबालिकाहरु प्रति लक्षित कार्यक्रमको राजदूत धितालले प्रंशसा गरे। सो अबसरमा प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार प्रदान गरियो।

नेपालबाट देखि आएका कलाकारहरु गायिका सरीता कार्की र गायक मेकसाम खातीले लोक दोहोरी गीत प्रस्तुत गर्दै  मनोरञ्जन प्रदान गरेका थिए। सोहि क्रममा बासेल निबासी जीवन भट्टराई र गायिका कार्कीको दोहोरी घम्साघम्सी चल्यो। स्थानीय कलाकारहरुको गायन र नृत्य प्रस्तुति समेत बेजोड थियो। संगीत तथा गीतकार सुनील शाक्य र रचनाकार अर्जुन रत्न “भिखारी” कार्यक्रममा बिषेश पाहुनाका रुपमा उपस्थित थिए।

बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य नेपाली समाज बेर्नका अध्यक्ष बिष्णु प्रसाद थापाले गरेका थिए भने गैर-आवासीय नेपाली संघका अध्यक्ष भूमीराज गरुङले शुभ-कामना मन्तव्य व्यक्त गरे। कार्यक्रमको संचालन भने कृष्ण प्रसाद शिवाकोटीले गरेका थिए।

Previous articleअब युरोपमा फोनमै नेपाली टेलिभिजन र चलचित्रहरु हेर्न पाइने
Next articleविदेशबाट गौतमको प्रयास:-“स्कुल बनाए, भूकम्पले भत्काईदियो तर फेरि उठाए “

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here