फ्रयाङ्कफर्ट/ बीबीसी विश्वसेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खड्का सम्मानित भएका छन्। युरोपबाट सञ्चालित अनलाइन पत्रिका नेपालीनेपाली डटकमको तेस्रो वार्षिकोत्सव समारोहमा पत्रकार खड्का सम्मानित भएका हुन्। शुक्रबार जर्मनीको फ्रयाङ्कफर्टमा आयोजना गरिएको बिशेष समारोहमा उनलाई सम्मान गरिएको हो।

बीबीसी विश्वसेवामा उनका रिपोर्टहरु बीबीसी टेलिभिजन, अनलाइन र रेडियो प्रकाशित/प्रसारित हुने गरेका छन्। खड्काले यसअघि काठमाडौं र लण्डनमा बीबीसी नेपाली सेवाको प्रड्युसरको रुपमा काम गरेका थिए।

Previous articleजीवा लामिछानेलाई प्रश्न:- भिजन २०-२० मा तपाईको फरक मत हो ? (अन्तरबार्ता)
Next articleधोको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here