के तपाइको गाउँमा पानी छैन ? के तपाइँको गाउँमा एक गाग्री पानी लिन  कम्तीमा घन्टा लाग्छ ? के तपाइको गाउँमा पानी समस्याबारे सरकारले वास्ता नै गरेको छैन ? के तपाईं पानी अभियानको नारामा गोलबद्द भएर काम गर्न चाहनुहुन्छ ? के तपाईं तिर्खाएको गाउँहरुले पानी पाओस् भन्ने तिव्र चाहना र तिव्र गतिमा  काम गर्न चाहनुहुन्छ ? के तपाईं आफ्नो गाउँ घर हरियाली होस् भन्ने चाहनुहुन्छ ?  पानी अभियानको शुरूवाती गाउँ सुनपुर दाङ  सफल पारेर अरु धेरै सुख्खा गाउँहरुमा अभियानको नारा अनुसार काम द्रुत गतिमा अगाडि बढ्नुपर्ने हुन्छ । के तपाईं मेरो पानी तपस्या चाडैं सफल होस् भन्ने चाहनुहुन्छ ? आउनुहोस् सबै हातमा हात मिलाएर अगाडि बढौ । केही सुख्खा गाउँहरुको नामावली प्राप्त भैरहेकोले कृपया सुख्खा गाउँहरु  पत्ता लगाएर यो पानी यात्रीको इमेल mlpardey@gmail.com , mlpardey@yahoo.com मा गाउँको जनसंख्या श्रोत लागत सबै जानकारी  पठाउन सक्नुहुनेछ । कुनै पनि सुख्खा गाउँमा सबै गाउँलेहरु मिलेर पानी अभियानको नारा पूरा गर्न ठूलो सोच बोकेर अगाडि बढ्ने ७ देखि ११ जनाको सर्वमान्य समिती बनाउन सक्नुहुनेछ । र समितिलाई कानुनी रूपमा दर्ता पनि गर्न हुन अनुरोध ।मुल उद्देश्य “हरेक घरमा धारो , हरेक गाउँ सिंचाइ ” ।  जसरी हुन्छ  हरेक व्यक्तिहरुको मन मस्तिष्कमा पुर्याउनुछ ।तपाइको एक शेयरले यो अभियानको नारा  यु एन संयुक्त राष्ट्र संघ सम्म पुर्याउनुछ । हरेक देशका रगतमा होलि खेल्ने सरकारहरुको कानमा पुर्याउनुछ । आउनुहोस् ” समाज परिवर्तन रगत बगाएर होइन पानी बगाएर  गरौ ।” आउनुहोस् युद्धमा प्रयोग गरिने गोला बारुद हान्न पर्योग गरिने सिपाहिहरु पानी अभियानको नारा पूरा गर्न सुख्खा गाउँहरुमा बन्दुक होइन  गैती बोकाएर पठाऔ ।” “अरबौ रकम युद्धमा प्रयोग गर्ने सरकारहरुलाई युद्धमा होइन पानीमा प्रयोग गर्न वाध्य पारौ ।”एक पटक सोचौ अनि विचार गरौ युगले जित्ने पानी अभियानमा सबै गोलबद्द बनौ । ” हामी सफल हुन्छौ विश्वलाई नयाँ सन्देश दिनेछौ । हरेक घरमा धारो होस् , हरेक गाउँमा सिंचाइ होस्  ।” यहीं हाम्रो कामना #जयपानीअभियान

मित्रलाल पार्दे

पानी अभियानकर्ता

Previous articleपोल्यान्डमा नेपाली सिनेमा लूट २ भव्यतापुर्वक प्रदर्शन
Next article“यो साँझ एक्लै छोडिदेउ मलाई” गायक स्वरूपराजको म्युजिक भिडियो आउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here