पोल्यान्डको वारसवामा मार्च १९ गते  पहिलो पटक सिनेमा हलभित्र नेपाली सिनेमा लूट २ को भव्यतापुर्वक प्रदर्शन भएको छ ।

झन्डै २०० जनाको उपस्थितिमा हल भित्र भएको लूट २ को प्रदर्शनमा दर्शकहरुले मिश्रित प्रतिक्रिया दिएका थिए ।” पोल्यान्डमा चुनौती बोकेर नै हामी केही नेपालीहरुले लूट २ लिने सोच बनायौ र सफल पनि भयौ यसको लागि फिल्म हेर्न आउनु हुने सबै दर्शकहरुलाई आभार प्रकट गर्दछु ।” यो भनाई थियो फिल्म व्यवस्थापन गर्नमा महत्वपूर्ण भूमिका खेल्नुहुने श्री सुरज कार्कीको।  लूट प्रदर्शन गर्नमा बिशेश भुमिका श्री सुरज कार्की , जीवन केसी , नारायण चालिसे बिनोद आचार्यले खेल्नु भएको थियो ।

स्मरण रहोस् पोल्यान्डकै इतिहासमा सिनेमा हल भित्र प्रदर्शन गरिएको नेपाली फिल्म लूट २ हो ।

उक्त सिनेमा हेर्न जनसम्पर्क समिती अध्यक्ष एवम एन आर एन आइसीसी सदस्य  डा एलिनी पोखरेल सुवेदी , अनेकस पोल्यान्डका अध्यक्ष एवम एन आर एन ए पोल्यान्डका महासचिव श्री श्रीकृष्ण न्यौपाने  एन आर एन ए  पोल्यान्डका वरिष्ठ उपाध्यक्ष मित्र लाल पार्दे  लगायत विभिन्न व्यक्तिहरु पुग्नु भएको थियो । उक्त फिल्म सफल पार्न विभिन्न क्षेत्रबाट पोल्यान्डमा पढ्दै आएका बिनय अधिकारी लगायत धेरै  विध्यार्थीहरुको पनि उल्लेख्य भुमिका देखिएको थियो भने वारसवा भन्दा बाहिरको शहर उजबाट पनि “परदेशी केटा ” लगायत केही व्यक्तिहरुको उपस्थिति थियो ।

Previous articleजनसम्पर्क समिति बेल्जियमका समाचारहरु प्रकाशित नगर्ने महासंघको निर्णय
Next articleआउनुहोस् रगत होइन पानी बगाउने युगको शुरूवात गरौ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here