मान बहादुर के.सी. ‘मुस्कान’ -यूएई। सुदूरपश्चिम सेवा समाज यूएईको अधिबेशन भव्यताका साथ सम्पन्न भएको छ । ‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै यूएईमा कार्यरत सुदूरपश्चिमवासी नेपालीहरुलाई एकसूत्रमा बाँध्दै देशमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सकिदो सहयोग गर्नका लागि र बैदेशिक रोजगारीको शिलशिलामा यूएईमा कार्यरत नेपालीहरुको हितका लागि संगठित रुपले अघाडि बढ्ने उदेश्यले २ जनवरी २०१५ मा स्थापना भएको सुदूर पश्चिम सेवा समाज युएईले आफ्नो पहिलो कार्यकाल सफलता पूर्वक पुरा गरी आगामी कार्यकालका लागि चेत बहादुर थापा ‘चेतन’को अध्यक्षतामा १९ सदस्यिय कार्य समिती चयन गरेको छ।
यूएईको अलऐन स्थित सुन्दर रमणिय पहाडको फेद तिर शान्त बातावरण हरियाली चौर भएको ग्रीन मुबजर्हा पार्कमा १६ डिसेम्बर २०१६ शुक्रबार दिन संस्थाका निबर्तमान अध्यक्ष शिवराज जैशीको अध्यक्षतामा तथा नेपाली दुताबास यूएईका लेखापाल पदम बहादुर बोगटीको प्रमुख आतिथ्यतामा अघाडी बढेको सो कार्यक्रममा बिशेष अतिथीमा नेपालबाट आउनु भएका होटेल डिभोटी धनगढीका संचालक तथा पर्यटन ब्यबसायी कृष्ण महरा रहनु भएको थियो ।

बुद्धिजिबी, समाजसेवी, ब्यबसायी, पत्रकार, कलाकार, खेलाडी, साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा अलऐन क्षेत्रीय समितीका अध्यक्ष दिनेश महराले उपस्थित अतिथी तथा दर्शकहरुलाई छोटो मिठो स्वागत मन्तब्य राखेका थिए, भने संस्थाका महासचिब मान बहादुर के.सी. ‘मुस्कान’ले संस्थाको प्रतिबेदन पेश गर्दै सुदूर पश्चिम सेवा समाज यूएईले दुई बर्षमा गरेका सम्पूर्ण कार्यको बिबरण छर्लङ पार्दै यूएईमा रहेका सबै सुदूरपश्चिमबासीहरुलाई यो समाजमा जुड्नु अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बोगटीले यूएईमा कार्यरत सुदूर पश्चिम बाशीहरुको एकता देखेर आफु धेरै खुशी भएको र सो कार्यक्रममा एक बेग्लै अनुभब लिएको जिज्ञासा राख्दै सुदूर पश्चिम सेवा समाज यूएईले दुई बर्षको छोटो अबधिमा नै गरेका उल्लेखनिय कार्यको खुलेरै प्रशंसा गर्नु भएको थियो ।
त्यस्तै बिशेष अतिथी कृष्ण महराले आफ्नो बिचार राख्दै यूएई आएर सुदूरपश्चिम बासीको मिलोमतो देखेर नयाँ पाठ सिक्ने अवशर मिलेको भावना ब्यक्ता गर्दै नेपालमा कुनै पनि संघसंस्था या पार्टीका संगठनका अधिबेशनहरुमा स्वार्थका लागि एकै पदमा १० – १२ उम्मेद्बारी पर्ने तर यहाँ त सबै सर्बसम्मत र सहमति मै भएको देख्दा सार्है खुशी भएको जिज्ञासा राख्दै आउँदा दिनमा पनि बैदेशिक रोजगारीको शिलशिलामा कार्यरत यूएई बाशी नेपालीहरुका समस्यामा र नेपालमा हुने आपत्ति / बिपत्तीमा सधैं यसरी सहयोग गर्दै गरोस् समाजमा यस्तै मिलोमतो कायम रहोस् भनि शुभकामना दिनु भएको थियो ।
अन्य बक्ताहरुमा संस्थाका निबर्तमान अध्यक्ष शिवराज जैशी, संस्थाका सल्लाहाकार तथा अधिबेशन समितीका संयोजक लक्ष्मण अधिकारी, संस्थाका निबर्तमान सल्लाहाकार लोकेन्द्र बहादुर बम, नव निर्बाचित अध्यक्ष चेत बहादुर थापा ‘चेतन’ले आ-आफ्नो बिचार राखेका थिए ।

सुप बासी एकजुट भया मनमा लाग्यो हर्ष
सेवा मुलक काम गर्दाई गया यि दुई बर्ष
मिलोमतो यसै रहोस् मनमुटाब घट्दै जाउ
सुपको यो परिवार दिन दिनै बढ्दै जाउ
नौ जिल्लाको सुपसेस आहा कती राम्रो
सक्किदो सहयोग गर्नु कर्तब्य हो हाम्रो
सुप समाज यूएई फुलिजाउ फलिजाउ
यसै गरी संसार भरी नामना चलिजाउ
संस्थाका महासचिब मान बहादुर के.सी. ‘मुस्कान’ले बेग्लै अन्दाजमा बिच बिचमा देउडा गीत सुनाउदै संचालन गरेको सो कार्यक्रममा उपस्थित सबैलाई भरपुर मनोरन्जन दिएका थिए ।

नव-निवार्चित कार्यसमितीका पदाधिकारी निम्न बमोजिम रहेका छन् ।
१) अध्यक्ष – श्री चेत बहादुर थापा ‘चेतन’ ( बाजुरा )
२) वरिष्ठ उपाध्यक्ष – श्री जयराज जोशी ( दार्चुला )
३) उपाध्यक्ष – श्री कमल गिरी ( बैतडी )
४) उपाध्यक्ष – श्रीमती टिकेश्वरी भण्डारी बोगटी (डोटी )
५) महासचिव – श्री मान बहादुर के.सी. ‘मुस्कान’ ( अछाम )
६) सचिब – श्री धन बहादुर खड्का ( कैलाली )
७) कोषाध्यक्ष – श्री भिम बहादुर सिंह ( बझाङ )
८) सह-कोषाध्यक्ष – श्री मोहन ठकुराठी ( बैतडी )
९) सदस्य – श्री रमेश धामी ( अछाम )
१०) सदस्य – श्रीमती सुधा राना ( कञ्चनपुर )
११) सदस्य – श्री मनोज भट्ट ‘सानुकाजी’ ( डडेल्धुरा )
१२) सदस्य – श्री हरिश पन्त ( कैलाली )
१३) सदस्य – श्री सुरज शाह ( डोटी )
१४) सदस्य – श्रीमती शारदा शाह ( बाजुरा )
१५) सदस्य – श्री काशी सिंह गोयला बिष्ट ( बैतडी )
१६) सदस्य – श्री जनक गिरी ( दार्चुल्ला )
१७) सदस्य – श्री भिम बहादुर रावल ( अछाम )
१८) सदस्य – श्री नारायण पन्त ( बैतडी )
१९) सदस्य – श्री देबिन्द्र बिष्ट ( बैतडी )
सल्लाहार समिती…….
२०) सल्लाहकार – श्री शिवराज जैशी ( डोटी )
२१) सल्लाहकार – श्री लक्ष्मण अधिकारी ( कञ्चनपुर )
२२) सल्लाहकार – श्री दिलु नगारी ( कैलाली )
२३) सल्लाहकार – श्री धर्मराज पाण्डे ( डडेल्धुरा )
२४) सल्लाहकार – श्री राजेन्द्र रोस्यारा ( डोटी )

Previous articleहृदयघातका कारण यूएई आएको ९ महिनामा नै एक नेपालीको मृत्यु
Next articleनेपाली दूतावास तथा एनआरएन बेल्जियम द्वारा बिभिन्न संघ-सस्थाहरु संग अन्तरक्रिया सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here