१८ डिसेम्वर २०१६, बिष्णु सापकोटा, बेल्जियम। नेपाली दुताबास ब्रसेल्स तथा गैर आवासीय नेपाली संघ बेल्जियम लगाएत बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ-संस्थाहरु बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम लुभेनको ओन्जहाउस को सभा हलमा आइतबारका दिन  सम्पन्न भएको छ ।

नेपाली दुताबास ब्रसेल्स का नव नियुक्त राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्यता तथा गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमको सभापतित्वमा भएको उक्त कार्यक्रमा नेपाली दुतावासका प्रथम सचिव ललिता शिलवाल एवं गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्का सचिव अर्जुन कुमार श्रेष्ठ बिशिष्ठ अतिथि, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदकि महिला उपसंयोजक रजनी प्रधान आईसीसी सदस्य चिजकुमारश्रेष्ठ साथै बेल्जियम रहेका जातीय, क्षेत्रीय, बैचारिक, सामाजिक, धार्मिक गरि करिव ४० संघ-सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बिशेष उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै राजदुत थापाले बेल्जियममा रहेका नेपाली संघ संस्था हरु संग कसरी समन्वय, सहकार्य गरि कसरी अगाडी बढ्न सकिन्छ भन्ने पाच वटा अवधारणा प्रस्तुत गरेका थिए ।  बिभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि हरुले राखेका जिज्ञाशा, सुझाव-सल्लाह लगाएत टिप्पणी हरुको बारेमा राजदुत थापाले प्रष्ट पारेका थिए ।

गैर आवासीय नेपाली संघ बेल्जियम का अध्यक्ष गंगाधर गौतमले सभापतिको आसनबाट बोल्दै बिभिन्न बिषय हरुमा भएको छलफल तथा अन्तरक्रिया मार्फत उठेका बिषय बस्तु ले सामुहिक प्रतिबद्धता जाहेर गरेमा सबैको समान दायित्व र समदुरी समक्ष भएर अगाडी बढ्न प्रेरणा मिलेको र एनआरएन बेल्जियम सदैव नेपाल र नेपालीको साझा सवाल साथै पर्यटन प्रवर्धन, कला सस्कृति मार्फत नेपाल र नेपाली लाई चिनाउन सदैव हातेमालो गर्ने बताएका थिए ।

एनआरएन तथा बेल्जियममा रहेका  नेपाली संघ-संस्था हरु संग दुतावास ले गरेको यस्तो किसिमको छलफल तथा अन्तरक्रिया कार्यक्रम पहिलो पटक भएको प्रसंशा गर्दै नव नियुक्त राजदुत बाट उहाको कार्यकाल मा  धेरै सकारात्मक कार्यहरुको अपेक्षा गरेको सहभागी हरुले बताएका छन । साथै नेपाली दुतावास बेल्जियम का राजुत लोक बहादुर थापाले नेपालको भिषा प्रक्रियामा हुने ढिलाई को बारेमा उठेको प्रश्न को जवाफमा दुतावासले अव देखि एक दिनमै भिषा प्राप्त गर्न सकिने व्यवस्था समेत मिलाउने  जानकारी गराएका थिए भने उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ बेल्जियमका महासचिव लोक दाहाल ले संचालन गरेका थिए ।

Previous articleसुदूरपश्चिम सेवा समाज यूएईको अधिबेशन सम्पन्न अध्यक्षमा थापा
Next articleनेताले वाचा पुरा नगर्दा एनआरएनमा करोडौं रुपैयाँको सहयोग अलपत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here