मान बहादुर के.सी. ‘मुस्कान’ यूएई। रोजगारीको शिलशिलामामा यूएई आएको ९ महिनामा नै एक नेपालीको ज्यान गएको छ । कंन्चनपुर जिल्ला भीमदत्त नगरपालिका ६ बनगाउका मनोज ठगुन्नाको २४ बर्षको कलकलाउदो उम्मेरमा हृदयघातका कारण ज्यान गएको हो ।
विदेशबाट कमाएर घरपरिवारलाई सुख दिने सपना बोकेर ९ महिना पहिले अबुधाबीमा रहेको अल-धावी सिक्युरिटी कम्पनीमा कामको लागि आउनु भएका ठगुन्ना सोही कम्पनीको आजमान शाखामा सिक्युरिटी गार्डको रुपमा कार्यरत थिए ।
बिदेशमा गएको ९ महिनामै छोराको लाउलाउ खाउखाउ भन्ने उम्मेरमा नै मृत्यु भएको खबरले घरमा बुढा आमा-बुवाको रुदारुदै बेहाल भएको छ भने आफन्तजन सोकाकुल बनेका छन ।
 सधैं जस्तै साँझ खाना खाएर सुत्ने तयारी गरी रहेका बेला गत ११ डिसेम्बर सोमबार रात्रीको करिब १० बजे एक्कासी छातीमा दुख्न थाल्यो भनि चिच्याए पछि कोठामै भएका सहकर्मीहरुले अस्पातल जाउ भन्दा सामान्य दुखाई हो भनि सुत्नु खोजेको र १० मिनेट पछि फेरी छातीमा दुख्यो भन्दै चिच्याएर उठ्दै गर्दा ढले पछि कोठामा भएका सहकर्मीहरुले एम्बुलेन्स बोलाएर अस्पातल पुर्याउदा डाक्टरले ठगुन्नालाई मृत्यु भई सकेको घोषित गरेका थिए ।
मृतक ठगुन्नाको शव आजमान स्थित सेख ख़लीफ़ा अस्पतालको शव गृहमा राखिएको छ, पोस्टमार्टम भई सकेको र नेपाली दुताबासलाई पनि घटनाको सम्पूर्ण जानकारी गराइएकोे हुनाले अन्य सबै कानुनी प्रकृया पुरा गरेर मृतकको शव जतिसक्दो छिटो स्वदेश पठाउनु पहल गर्ने सुदूर पश्चिम सेवा समाज यूएई अलएेन क्षेत्रीय समितीका अध्यक्ष दिनेश महराले हामीलाई जानकारी दिए ।
स्मरणिय रहोस् मृतक ठगुन्नाको परिवारमा बुढा आमा बुवा र दाजु भाउजु छन ।

Previous articleजनसम्पर्क समितिको सेटिङ्मा परराष्ट्रमन्त्री महतले अमेरिकामा १० जना अबैतनिक दूत बनाउँदै
Next articleसुदूरपश्चिम सेवा समाज यूएईको अधिबेशन सम्पन्न अध्यक्षमा थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here