१८ सेप्टम्बर २०१६, स्विटजरल्याण्ड । सन २०१६ को अन्त्यबाट फिलिप रेबोर्ड स्वीस सेना प्रमुखमा नियुक्त्त हुने भएका छन् । वर्तमान सेना प्रमुख आन्द्रे ब्लाटमान उनको नियमित सेवानिबृत्ति समय अघिनै सेवानिबृत्त हुने भएपछि ५९ वर्षिय रेबोर्डले उक्त्त पदका अर्का दाबेदार डानियल बाउमगार्टनरलाई पछाडि पार्दै सेना प्रमुखको पद हासिल गर्ने भएका हुन् । यस अघिनै गत अप्रिल महिनामा रेबोर्डलाई स्वीस संघिय सरकारले वर्तमान सेना प्रमुख ब्लाटमानको सहायकका रुपमा नियुक्त्त गरिएको थियो ।

लोसान विश्वबिद्धालयबाट ईतिहास, भूगोल र फ्रान्सेली भाषामा अध्ययन पुरा गरेका रेबोर्ड सन १९८५ मा स्वीस सेनामा प्रबेश गरेका हुन् । पेरिसमा एक वर्ष सेना एवं सुरक्षा विषयमा अध्ययन पुरा गरे पछि उनि जेनेरल स्टाफ स्कुलका प्रमुख, सन २००० मा ट्याङ्क डिफेन्स स्कुलका कमाण्डर र सन २००१ मा सेनाको तालिम योजनाका प्रमुख बने । सन २००९ मा उनको ब्रिग्रेडियर र सन २०१४ मामेजेर जेनेरलमा पदोन्नति भयो ।

नयाँ सेना प्रमुखका हैसियतमा रेबोर्डले स्वीस सेनाको आधुनिकरण गर्ने, पुर्नसंरचना गर्ने, सेनामा जवानहरुको संख्यामा न्युनिकरण गरी सेनालाई चुस्तदुरुस्त बनाउने र साईबर सुरक्षामा अद्ध्याबधिक रहने चुनौतिहरुको सामना गर्नु पर्ने छ ।

Previous articleसुभाष सुन्दास ईमेज अवार्डमा भाग लिन लागि काठमाण्डौ प्रस्थान
Next articleबेल्जियममा १५१ औं मोती जयन्ती मनाईयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here