१९ सेप्टम्बर २०१६, स्विटजरल्याण्ड । युवा कवि मोतीराम भट्टको नेपाली साहित्यमा रहेको योगदानको स्मरण गर्दै बेल्जियममा १५१ औ मोती जयन्ती १७ सेप्टेमबर २०१६ मा मनाइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमद्वारा शनिबार बेल्जियमको अन्त्वेर्पेंन स्थित होटल नेशनलमा आयोजना गरिएको कार्यक्रममा कविहरुले मोतीको सम्झनामा कविता वाचन गरेका थिए । दोश्रो पुस्ताका नेपालीहरुलाई मोतीराम भट्टबारे जानकारी गराउने उद्वेश्यले बेल्जियमको अन्त्वेर्पेंन स्थित ‘नेपाली भाषा र सृजनात्मक कक्षा’ मा अध्ययनरत नेपाली विधार्थीहरु माझ कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा ८ देखि १२ वर्ष सम्मका नेपाली बालबालिकाहरुले नेपाली राष्ट्रिय गानका साथै सामुहिक रुपमा कविता वाचन गरेका थिए । साथै विधार्थी सविना पौडेलले आफ्नै र दीपिका केसीले सीता केसीको कविता वाचन गरेकी थिइन् ।

नेपाली विधार्थीहरुमाझ कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै शिक्षिका सोफिया महर्जन कार्कीले अनेसास बेल्जियम प्रति कृतज्ञता व्यक्त गरिन । ‘बेल्जियम आएर नेपाली भाषा सिकाउछु भन्ने सोचेकै थिएन ।’ बिगत ६ वर्ष देखि नेपाली भाषा सिकाउदै आएकी सोफियाले भनिन ‘नेपाली भाषा नेपालीको पहिचान हो । बालबालिकालाई भाषा सिकाउन पाउदा निकै खुशी छु ।‘

कार्यक्रममका प्रमुख अतिथि एनआरएनए सचिव अर्जुनकुमार श्रेष्ठले नेपाली कला संस्कृतिको अभिव्यक्त भाषाकै माध्यमबाट हुने भएको बताउदै भने’ प्रवासमा दोश्रो पुस्ताका नेपालीहरुलाई नेपाली भाषा कला र संस्कृति सिकाउने कार्य सह्रानिय छन् ।‘ गैर आवासीय नेपाली संघ नेपालीहरु कै हितको लागि गठन गरिएको बताउदै उनले थपे ‘प्रवासमा नेपाली पहिचान कायम गर्ने कार्यमा एनआरएनको सदैव सहयोग रहन्छ ।‘

कार्यक्रममा एनआरएन बेल्जियम आईसीसी सदस्य जानकी गुरुङ, जनसम्पर्क समितिका अध्यक्ष सुवास जोशी, व्यावसायी संघ अध्यक्ष सीपी भट्ट, एनआरएन बेल्जियम महिला संयोजक निर्मला बजगाईले शुभकामना दिएका थिए । माधव सापकोटाद्वारा संचालन गरिएको कार्यक्रममा नन्दराज घलेले स्वागत र डिल्ली अम्माईले मोतीको जीवनी प्रस्तुत गरेका थिए । साथै कविहरु राजकुमार पुडासैनी, सौरभ कारंजित, माधब सापकोटा, नन्दराज घले, डिल्ली अम्माइ र कवयित्री जानकी गुरुङ र टिका निरौलाले मोतीको सम्झनामा कविता वाचन गरेका थिए । कार्यक्रममा विधार्थीहरु एंव शिक्षिकालाइ मायाको चिनो समेत प्रदान गरिएको थियो भने आगामी वर्ष देखि भाषा कक्षामा उत्कृष्ठ हुने पहिलो, दोश्रो र तेश्रो विधार्थीलाइ पुरस्कृत समेत गरिने भएको छ ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष दीपकज्योति पौडेलले प्रवासमा नेपाली भाषा साहित्यको संरक्षण र सम्वर्द्वंन गर्न कै लागि झन्डै एक दशक देखि अनेसास बेल्जियमले विभिन्न गतिबिधि संचालन गर्दै आइरहेको बताउदै सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिए । उनले प्रवासी नेपालीहरुलाई नेपाल संगको भावानात्मक सम्वन्ध कायम राख्न नेपाली भाषा आवश्यक रहेको समेत बताए।

moti-jayanti-2 moti-jayanti-3

Previous articleफिलिप रेबोर्ड स्वीस सेना प्रमुख बन्ने
Next articleभेष बदलेर टुरिष्ट बनेका पर्यटनमन्त्रीलाई ट्याक्सीले फनफनी घुमायो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here