१७ सेप्टम्बर २०१६, स्विटजरल्याण्ड। स्विटजरल्याण्ड निबासी चर्चित गायक सुभाष सुन्दासको ‘माया हो’ बोलको गीत १८औं टुबोर्ग ईमेज अवार्डको लागि ‘टप फाईभ’ मा मनोनयन भएको समाचार नेपाल स्विस डट कमले यस अघिनै प्रकाशित गरिसकेको छ । ‘माया हो’ पुरुष तर्फको सर्वोकृष्ट नेपाली पप गायन विधामा अवार्ड प्रदान गर्न छानिएका उतकृष्ट पाँच गीतहरुमा परेको हो । निर्णायक मण्डलको मुल्याङकनका आधारमा यहि २४ सेप्टम्बर २०१६ मा एक विशेष कार्यक्रमका बीच अवार्ड विजेता घोषणा हुने छ । कार्यक्रममा सहभागी हुन गायक सुन्दास १७ सेप्टम्बर २०१६ मा जुरीखको अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाण्डौका लागि उडेका छन् । उनि आईतबार, १८ सेप्टम्बरको बिहान ६:२५ बजे काठमाण्डौ पुग्ने छन् ।

Previous articleप्रथम अन्तर्राष्ट्रिय युवा सम्मलेनको तयारी तिब्र
Next articleफिलिप रेबोर्ड स्वीस सेना प्रमुख बन्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here