१४ सेप्टेम्बर २०१६ बेल्जियम। विश्व मगर संघ बेल्जियमको आयोजनामा आज स्वर्गीय गोरे बहादुर खपॉंगी मगरको स्मृतिमा श्रध्दान्जली सभा सम्पन्न गरेकोछ । ओन्ज हाऊस लुभेन बेल्जियममा आयोजित  सो कार्यक्रममा स्व. खपांगी प्रति श्रध्दान्जली ब्यक्त गर्नेहरूमा  नेफिन बेल्जियम अध्यक्ष तथा ससफो वैकल्पिक केन्द्रीय सदस्य पि. जी. शेर्पा र एनआरएन अन्तराँष्ट्रीय समन्वय परिषद सदस्य नेत्र मगर ,एनआरएन बेल्जियम अध्यक्ष गंगाधर गौतम, उपाध्यक्ष पदम गुरूँग, एनआरएन अन्तराँष्ट्रीय समन्वय परिषद सदस्य नेत्र मगर, तामांग समाज बेल्जियम अध्यक्ष राम लामा, जन प्रगतिशील महिला मन्च पूर्व अध्यक्ष एबं माओबादी केन्द्र केन्द्रीय भेला आयोजक समिति सदस्य कल्पना मगर, एनआरएन बेल्जियम पूर्व उपाध्यक्ष अनिता लामा, पूर्व महासचिव माधव सापकोटा, ठकुरी समाज बेल्जियमको सल्लाहाकार घन शाही, मगर राष्ट्रिय मुक्ति मोर्चा यूरोप संयोजक तथा माओबादी केन्द्र केन्द्रीय भेला आयोजक समिती सदस्य वीरमान घर्ती मगर, एनआरएन बेल्जियम उपाध्यक्ष पदम गुरूंग ,तमु समाज अध्यक्ष जिवन तमु ,जनसम्पर्क समिती बेल्जियम सहमहामन्त्री बिष्णु सापकोटा,प्रबक्ता सुभाष गुरूंग  नेफेसो बेल्जियम महासचिव लोक राना मगर, विश्व मगर संघ बेल्जियमका जेष्ठ सदस्य राम कुमार बुढ़ा मगर लगायतले श्रद्दान्जली ब्यक्त गरेका थिए ।       
 संघका सचिव दिलु पुन मगरले सन्चालन गरेको सो सभामा आदिबासी जनजाति महासंघ बेल्जियम अध्यक्ष पिजी.शेर्पाले गोरे बहादुर खपॉंगी फ़ाउन्डेशनलाई ५१ हजार ५ सय  रूपैयाँ दिने घोषणा गरे ।
कार्यक्रमको समापन गर्दे बिश्व मगर संघ बेल्जियमका अध्यक्ष मार्के मगरले स्वर्गीय खपांगी मगर समुदायको मात्रै महान ब्यक्तित्व नभई आदिबासी जनजाति र समग्र मुलुकले नै वहाको कमी महशुस गरिरहेको बताए । अध्यक्ष मार्के मगरले खपांगीको जिवनी -व्यक्तित्व र बिचारलाई समेटेर छिट्टै पुस्तक प्रकाशन संघको तर्फबाट गर्ने जानकारी गराए ।

img_3856

Previous articleसँगठित हुँदैछन गोरखालीहरु
Next articleजर्मनीमा रा. प्र. पा. नेपालको भातृ संगठन प्रबासी नेपाली एकता समाज गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here