१४ सेप्टेम्वर २०६, डिल्ली राम अंमाई,  बेल्जियम। बहादुरी पुर्वक नेपाल एकिकरणको नेत्रित्व गरेको जिल्ला,उदार मनभएको जिल्लाको नामले देश चिनाउन सफल संसारकै शक्तिशाली मित्रहरुको पनि मित्र र देश प्रती पूर्ण बफादार देशभक्त बसोबास गर्ने जिल्ला,हिमालको काखमा बसेर इतिहासका गौरब्पूर्ण पानाहरुबाट सम्पूर्ण नेपालीहरुलाई स्वाभिमान र आत्मनिर्भरताको प्रेरणा दिइरहेको गोर्खाबाट बेल्जियम आई बसोवास गरी विभिन्न पेशा तथा व्यवसायमा संलग्न गोरखालीहरुको भेलाले राम घलेको अध्यक्षतामा हिजो गोरखाली सहयोग समाज तदर्थ समिति गठन भएको छ ।

भेलाले ११ सदस्यीय तर्दर्थ समिति गठन गरेको छ । भेलामा एनआरएन यूरोपियन सह—संयोजक तथा गोरखा, आरुपोखरी निवासी प्रेम गुरुङ्गको विशेष उपस्थिति रहेको थियो । भेलामा गोरखा तान्द्राङ्ग तथा कारोवार दैनिकका प्रवन्ध सम्पादक तथा अत्यन्त सफल व्यवसायी तथा समाजसेवी  शिशिर भट्टको पनि उपस्थिति थियो।

भेलामा उपस्थित वक्ताहरुले गोरखा जिल्लाको समग्र विकासको लागि बेल्जियम निवासी गोरखालीहरुको यो संगठन कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गरे । गोरखा जिल्लाको शैक्षिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासको लागि समेत गोरखाली सहयोग समाजले चासो राख्दै र सहयोगको लागि कोशिस गर्ने उपस्थित गोखरखालीहरुले सामुहिक प्रतिवद्धता व्यक्त गरे । 

अध्यक्ष राम घलेको अध्यक्षतामा गठित ११ सदस्यीय समितिमा सदस्य सचिव तेज नेपाली र सदस्यहरुमा प्रेम गुरुङ्ग, विनोद न्यौपाने, विनोद धिताल, प्रेम प्रधान, किरण गुरुङ्ग, राम घले (वारपाक), विष्णुकुमारी गुरुङ्ग, रविन्द्र घले र अनिल घले रहेका छन् । 

Previous articleपानी अभियानको सुनपुर गाँउ
Next articleस्वं.खपॉंगी प्रति श्रध्दान्जली सहित पुस्तक प्रकाशन गरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here