‘हरेक घरमा धारो होस्, हरेक गाउँमा सिंचाई होस्’ भन्ने नाराका साथ सुरु भएको पानी अभियानको लक्षित गाउँको नाम सुनपुर हो । दाङ जिल्लाको लक्ष्मीपुर गाविसमा पर्ने सुनपुर गाउँ काठमाण्डौंबाट लगभग ४१० किलोमिटरको दुरीमा अवस्थित छ । सुनपुर गाउँको जनसंख्या लगभग ३११५ छ । जसमध्येपिउने पानीको असुबिधाबाट २५०० जना प्रभावित छन् भने पुरै सुनपुर गाउँमासिँचाइको अभाव रहेको छ । गाउँको निकट रहेका सिम्सार क्षेत्रहरु (सुके दह, रोहनी दह, सरेदह आदि) मा बाँध बाधेर पानी संकलन गर्न सकिने तथा भूमिगत श्रोतबाट सिंचाई व्यवस्था गर्न सकिने पानी अभियानका अभियन्ता मित्रलाल पार्दे बताउँछन् ।

Previous articleपानी अभियानकर्ता मित्र लाल पार्देको अनुरोध “हरेक घरमा धारो होस्, हरेक गाउँमा सिंचाई होस्”
Next articleसँगठित हुँदैछन गोरखालीहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here