उत्तर कोरिया मामिलामा अमेरिकी विशेष प्रतिनिधिका अनुसार अमेरिकाले उत्तर कोरियाको पछिल्लो परमाणु परीक्षणविरुद्ध एकतर्फी कारबाही गर्ने विषयमा छलफल भइरहेको बताएका छन्। विशेष प्रतिनिधि सुंग किमका अनुसार अमेरिकाको यो कारबाही राष्ट्र संघको नयाँ प्रतिबन्धको तयारीभन्दा फरक हुनेछ । किमले जापानी अधिकारीहरुसँगको औपचारिक बैठकमा यस्तो कुरा बताएका हुन्।उनले उत्तर कोरियाविरुद्ध अमेरिकाका अन्य प्रकारका कारबाहीका विषयमा पनि विचार गरिरहेको बताए । यसका लागि अमेरिकाले जापान र दक्षिण कोरियाको सहयोग लिनेछ ।
उत्तर कोरियाले शुक्रबार आफ्नो पाँचौ परमाणु बम परीक्षण गरेको थियो । यसलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परीक्षण बताइएको छ।यसबाट उत्तर कोरियाले परमाणु हतियार विकासमा महत्वपूर्ण प्रगति गरेको आशंका गरिएको छ। एजेन्सी

Previous articleनेजसस स्विटजरल्याण्डको भलिबल प्रतियोगितामा आरगाउ समुह विजयि (फोटो फिचर)
Next articleयस्ता तीन महत्वपूर्ण निर्णय गरेछ मन्त्रिपरिषद्को बैठकले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here