स्विटजरल्याण्डको प्राकृतिक रुपले सुन्दर र रमणीय स्थान ऐप्टीङगनमा आगामी सेप्टेम्बरको ३ तरीख  स्वीसबासी नेपाली एवं नेपाली परिवारहरुका निम्ति क्याम्पिङ कार्यक्रमको आयोजना गरिएको छ। उक्त दिन बेलुकी नेपालको हिमाली जिल्ला डोल्पोमा छायाङकन गरिएको फ्रान्सेली नागरिक एरिक भ्यालिद्वारा निर्देशित “हिमालय” नामक चलचित्र खुल्ला आकश मुनि प्रदर्शन गरिने छ। कार्यक्रमको मूल उदेश्य गत सालको महा-भूकम्पबाट नेपालको दुर्गम जिल्ला  सोलुखुम्बुमा क्षतिग्रस्त एक बिद्धायलय भवन पुनर्निर्माणमा सहयोग गर्ने  र स्थानीय स्विटजरल्याण्डका बसिन्दाहरुलाई नेपाल भ्रमण  गर्न उत्साहित गराउनु हो। कार्यक्रममा सबैलाई हार्दिक निमन्त्रणा छ।
कार्यक्रम हुने मिति:

३ र ४ सेप्टेम्बर २०१६ – ३ सेप्टेम्बरको बेलुकी ७ बजे नेपाली खाना, बेलुकी ९ बजे फ़िल्म प्रर्दश, फिल्म सके पछि क्याम्प फाएरमा बासेर रमाइलो गर्ने।दिऊँसो ३ बाजे देखि बार खुल्ला हुने छ। पेय पदार्थहरु सुपथ मुल्यमा उपलब्ध गराईने छ।

कार्यक्रम स्थान:

BerghausSkylla, Oberhalb  von Eptingen Basel-land/Steinägerten

कार्यक्रम शुल्क:

फ़िल्म र नेपाली खाना – ३० स्वीस फ्र्याङकस्
फिल्म, नेपाली खाना,क्यामपिङ र बिहानको खाजा सहित:५० स्वीस फ्र्याङकस्।
क्यामपिङ पाल नहुनेहरुको लागि घर भित्र सुत्ने ब्यवस्था छ।बुकिङ अनिवार्य छ। सुत्ने थैलो वा शिरकको  ब्यवस्था सहभागी आफैंले गर्नु पर्ने छ।
हार्दिक निमन्त्रणा सहित आयोजकद्वय:
राम परियार, ०७६ ३९६ ७८ ८८

पुला शेर्पा, ०७६ ३३४ ६५ २६

Previous articleस्वीस वायू सेनाको विमान बेपत्ता, दुर्घटनाको आशंका
Next articleस्वीस वायू सेनाको विमान दुर्घटनाग्रस्त, विमान चालकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here