३१ अगष्ट २०१६, स्विटजरल्याण्ड। यहि सोमबार २९ अगष्ट दिउँसो स्वीस वायू सेनाको विमान ‘F/A-18’ स्विटजरल्याण्डको सुस्तनपास क्षेत्रमा बेपत्ता भएको थियो। मंगलबार उक्त्त विमानका क्षतिग्रस्त भागहरु फेला परेका थिए। स्वीस वायू सेनाको खोजिकार्य पश्चात बुधबार, ३१ अगष्ट २०१६ मा २७ बर्षिय विमान चालकको मृत शरीर फेला परेको समाचार स्वीस संचार माध्यमहरुले प्रकाशित गरेका छन्। स्वीस वायू सेनाले उक्त विमान हिन्तर ट्रियरबेर्ग (३४४५ मि.) को चुचुरोमा ठक्कर खाई दुर्घटनाग्रस्त भएको बताएको छ।

Previous articleराम परियार र पुला शेर्पा द्वारा क्यामपिङ कार्यक्रममा निमन्त्रणा
Next articleजिलोङमा तीज कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here