३१ जुलाई २०१६, कोपेनहागान। गैर-आवासीय नेपाली संघको नवौं यूरोपेली क्षेत्रीय बैठक र सातौं यूरोपेली महिला सम्मेलनको दोस्रो दिन आज विषयगत छलफलहरु संचालन भयो। छलफलमा ब्यापार र लगाणी प्रवर्धन, पर्यटन प्रवर्धन, परोपकारी कार्य, एनआरएनए नागरिकता र एनआरएनएको विधान गरी पाँचवटा विषयहरुमा समुहगत छलफल चलाईएको थियो। कार्यक्रमको अन्त्यमा समुहगत छलफलका अध्यक्षहरूले छलफलमा प्राप्त सुझाव र सल्लाहहरु प्रस्तुत गरे। कार्यक्रमको सञ्चालन गैर-आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार, विधान समितिका अध्यक्ष एवं पूर्व प्रवक्त्ता डा. हेमराज शर्मा ले गरेका थिए।

संघको विधानमा आधारीत नियमावली बनाउनु पर्ने : डा. बद्री केसी

गैर-आवासीय नेपाली संघका दैनिक क्रियाकलापहरुलाई नियमित एवं प्रभावकारी तबरले संचालन र समापन गर्न संघले विभिन्न नियमावलीहरू बनाउने गरिएको छ। छलफलमा आफ्नो विचार राख्दै महासचिव डा. बद्रि केसीले संघको अन्तर्राष्ट्रिय महाधिवेशनले संघको विधानका आधारीत भएर नियमावली बनाउनु पर्ने बताए। नियमावली बनाएर टास्क फोर्स र समितिहरुको गठनलाई नियमन गर्नु पर्छ उनले थपे। उनले राष्ट्रिय समन्वय परिषदहरुको सदस्य शुल्कमा एकरुपता हुनुपर्ने सल्लाह प्राप्त भएको जानकारी गराए। संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सबै आइसिसि सदस्यलाई टास्क फोर्स र समितिहरुमा राख्नु पर्ने ब्यवस्था गर्नु पर्नेमा जोड दिए।

फोटो: साईग्रेष

IMG_0079

Previous articleएनआरएनए स्विटजरल्याण्डले तिजको उपलक्ष्यमा कार्यक्रम गर्ने
Next articleएनआरएनको प्रभावकारीता परोपकारी कार्यबाट मापन हुनेछ : कुमार पन्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here