३१ जुलाई २०१६, कोपेनहागान। गैर-आवासीय नेपाली संघको नवौं यूरोपेली क्षेत्रीय बैठक र सातौं यूरोपेली महिला सम्मेलनको दोस्रो दिन आज विषयगत छलफलहरु संचालन भयो। छलफलमा ब्यापार र लगाणी प्रवर्धन, पर्यटन प्रवर्धन, परोपकारी कार्य, एनआरएनए नागरिकता र एनआरएनएको विधान गरी पाँचवटा विषयहरुमा समुहगत छलफल चलाईएको थियो। कार्यक्रमको अन्त्यमा समुहगत छलफलका अध्यक्षहरूले छलफलमा प्राप्त सुझाव र सल्लाहहरु प्रस्तुत गरे। कार्यक्रमको सञ्चालन गैर-आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार, विधान समितिका अध्यक्ष एवं पूर्व प्रवक्त्ता डा. हेमराज शर्मा ले गरेका थिए।

एनआरएनको प्रभावकारीता परोपकारी कार्यबाट मापन हुनेछ : कुमार पन्त

संघका उपाध्यक्ष कुमार पन्तको अध्यक्षको अध्यक्षमा संचालित फिलान्ट्रोपी सम्बन्धमा भएको छलफलमा अध्यक्ष घलेले संघका राष्ट्रिय समन्वय परिषदहरु आ-आफ्नो देशको नियम कानुनको परिधिमा रहि संचालित परोपकारी योजनाका लागि दिर्घकालिन सोंच र दिगोपनका साथ अर्थ संकलन गर्नु पर्ने बताए। संघका उपाध्यक्ष कुमार पन्तले गैर-आवासीय नेपाली संघको प्रभावकारीता र नेपालीहरु बीचको पहुँच संघले सन्चालन गरेका परोपकारी योजनाहरुले मापन गर्ने बताए। नेपालीहरुले संघको मुल्याङकन परोपकारी कार्यको आधारमा गर्ने विचार राख्दै “संघले सन्चालन गरेका विभिन्न परोपकारी कार्यका लागि अपुग अर्थको सक्रियताका साथ संकलन गर्दै नेपालमा धेरैभन्दा धेरै परोपकारी योजना सञ्चालन गर्नु पर्छ”, उनले भने।

फोटो: साईग्रेष

IMG_0015

Previous articleसंघको विधानमा आधारीत नियमावली बनाउनु पर्ने : डा. बद्री केसी
Next articleपर्यटन प्रवर्धनका लागि दश भाषामा सुचनामूलक वेवसाईट निर्माण गरिने : भवन भट्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here