२२ जुलाई २०१६, स्विटजरल्याण्ड। स्विटजरल्याण्डमा बसोबास गर्ने नेपालीहरूले धुर्मुस सुन्तलि फाउन्डेशनद्वारा संचालित परोपकारी कार्यका लागि तीन लाख ७१ हजार ७ सय १० नेपाली रुपैयाँ (३१११ स्वीस फ्याङकस्) सहयोग गरेका छन्। स्विटजरल्याण्ड, आराउ निवासी सर्वज्ञ लम्सालको सक्रियतामा फाउन्डेशनको सहयोगका लागि अर्थ संकलन गरिएको हो। गैर-आवासिय नेपाली संघ, स्विटजरल्याण्डको सल्लाहकार समेत रहेका लम्सालले धुर्मुस सुन्तलि फाउन्डेशनलाई आर्थिक सहयोगको आवश्यकता रहेको र यूरोपबाट भन्दा बढि खाडि क्षेत्रबाट सहयोग गईरहेको आफुले अवलोकन गरेकोले स्विटजरल्याण्डबाट पनि सहयोग जानु पर्छ भन्ने सोंचले उक्त्त सहयोग गरेको बताए। स्विटजरल्याण्ड बसोवास गर्ने सर्वज्ञ लम्सालको सक्रियतामा स्विटजरल्याण्ड मै बसोबास गर्ने प्रमोद भट्ट, डा. राजु अधिकारी, सुक्र श्रेष्ठ, सुमन ढकाल, सुमन रिमाल, देवेन्द्र अर्याल र दुर्गा पोख्रेलले आफैंबीच अर्थ संकलन गरी धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग गरेका हुन्।

फोटो: धुर्मुस सन्तलीको फेसबुकबाट

Previous articleसपिला राज भण्डारी र रजनी प्रधान डेनमार्क सम्मेलन बारे के भन्छन् (बिशेष अन्तरबार्ता)
Next articleआतंककारी हमलामा म्युनिखमा ६ जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here