२२ जुलाई २०१६, स्विटजरल्याण्ड। जर्मनिको म्युनिखमा आज आतंककारीहरुले गरेको हमलामा ओलम्पिया बजारमा ६ जनाको मृत्य र धेरै घाईते भएको प्रहरीले बताएको छ।  प्रत्यक्षदर्शिहरुले तीन जना बन्दुक बोकेका आतंककारीहरु देखेको बताएका छन्। मुसाख क्षेत्रका पसलका कामदारहरु अझै सपिङ कम्पेक्स् भित्र नै भएको बताईन्छ। बीबीसीका अनुसार प्रहरी हेलिकप्टरहरुले म्युनिख शहरको आकाशमा चक्कर लगाई रहेका छन्। प्रहरीहरु आतंककारीहरुको खोजिमा छन्। सुरक्षा निकायहरुले जर्मनिमा आउँदा दिनहरुमा आतंककारी हमलाहरुमा बृढि हुन सक्ने बताएका छन्।

प्रभावित क्षेत्रमा सार्वजनिक यातायातका साधनहरु चलेका छैनन्। आपतकालिन स्थितिका कारण बेलुका कामबाट घर फर्कन नसकेका मानिसहरुका लागि स्थानिय बासिन्दाहरुले बासको अफर गरेको समाचार प्रकाशित भएको छ। बासको अफर गर्ने अभियानको सुरुवात ट्वीटर ह्यास ट्याग #offenetuer (नेपाली: खुला  ढोका) बाट भएको हो।

 AFP PHOTO / STR
AFP PHOTO / STR

फोटो स्रोत: 20 Minuten

Previous articleधुर्मुस सुन्तलीलाई स्विटजरल्याण्डबाट सहयोग
Next articleएनआरएनए मध्यपूर्व क्षेत्रको पाँचौं क्षेत्रिय बैठक सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here