बार्सिलोना। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद स्थित महिला फोरमका संयोजक सपिला राजभण्डारी तथा सह संयोजक रजनी प्रधानले गैर आवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलन उपलब्धि मुलक हुने बताएका छन्। महिला सम्मेलनको पुर्ब सन्ध्यामा युरोप यात्रा गर्दै छलफल गरेका राजभण्डारी र प्रधानले महिलाहरुको हितमा काम हुने गरी छलफल सम्पन्न गर्ने बताएका हुन्।

बार्सिलोनामा गत साता एक अन्तरबार्ताको क्रममा बोल्दै आँफूहरुले सम्मेलन पुर्ब राष्ट्रिय समन्वय परिषद पोल्याण्ड, लक्जम्वर्ग,अष्ट्रिया, स्पेन र बेल्जियमका महिलाहरुसँग छलफल गरिसकेको बताउँदै सम्मेलनलाई उपलब्धि मुलुक बनाउँने तर्फ केन्द्रित गरेको जानकारी दिए।

आगामी जुलाई ३० र ३१ तारिख डेनमार्कको कोपेनहेगनमा हुने सम्मेलन अगावै युरोपमा रहेका महिलासँग संयोजक तथा सह संयोजक प्रत्यक्ष सहभागी भई छलफल गरेका थिए। महिला संयोजक राजभण्डारीका अनुसार

सातौ महिला युरोपेली क्षेत्रीय सम्मेलनमा “एक युरो परियोजना “, “युटेरिन प्रोल्याप्स परियोजना”, “महिला सशक्तिकरण” र विदेशमा रहेका महिलाहरुका लागि “सेफ हाउस” जस्ता सम्मेलनका मुख्य मुद्दा रहेका छन्।

Previous articleएनआरएनए अध्यक्ष शेष घले स्विट्जरल्याण्ड आउँदै
Next articleधुर्मुस सुन्तलीलाई स्विटजरल्याण्डबाट सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here