अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले एक साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । साहित्यिक कार्यक्रम यहि जुलाई १० आइतवार बेल्जियमको लुभेन स्थित लाग्गेत्रापेन रेस्टुरेन्टमा दिनको २ बजेबाट हुदैछ ।

कार्यक्रममा वेल्जियमस्थित विभिन्न संघ सस्थाका साथै साहित्य अनुरागीहरु सहभागीताको लागि समाजले आव्हान गरेको छ । कार्यक्रममा बिभिन्न साहित्यिक रचना वाचन गरिनेछ ।

भानु जयन्तिको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । अनेसास बेल्जियमले भानु, मोती र लक्ष्मीजयन्तीलाई वार्षिक कार्यक्रमका रुपमा २००८ देखि मनाउदै आएको छ । अनेसास बेल्जियमले आयोजना गरेको यो ३८ औ साहित्यिक शृंखला हो ।

Previous articleनेपाल पत्रकार महासंघ यूरोप शाखाको ददी सापकोटालाई २४ घण्टे स्पष्टिकरण माग
Next articleबेल्जियममा मनाईयो क्रान्ति र शान्तिका नायक कोईरालाको जन्म जयन्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here