३ जुलाई २०१६, स्विटजरल्याण्ड। नेपाल पत्रकार महासंघ यूरोप शाखाले नेपाल प्लस ब्लग संचालन गर्दै आएका ददी सापकोटालाई २४ घण्टे स्पष्टिकरण सोधेको छ। ददी सापकोटाद्वारा सामाजिक सञ्जालमा “पत्रकार महासंघलाई प्रश्न: कति बोत्तल जाँड, विमान टिकट, खानपिन र उपहारसित साटिएका हुन् अन्तर्राष्ट्रिय पत्रकार महासंघका कार्ड ?” शिर्षकको ब्लगमा महासंघको यूरोप शाखाको ध्यानाकर्षण  भएको उल्लेख गरेको छ। सापकोटाको उक्त्त ब्लगमा अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यता कार्ड उपलब्ध गराए बापत नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट, महासवचिव उजिर मगर र नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राईलाई लक्षित गरी आईफोन किनि दिएर, जहाजको टिकट किनिदिएर यूरोपमा रहेका नेपाली पत्रकारलाई अन्तर्राष्ट्रिय प्रेस कार्ड उपलब्ध गराई दिएको आरोप लगाईएको छ। महासंघ यूरोप शाखाको स्पष्टिकरण माग पत्रमा ददी सापकोटाले असभ्य भाषा प्रयोग गरी अवाञ्छित लान्छना लगाउने, आधारहिन  तथा कपोलकल्पित आरोप लगाउने कार्य भएको देखिएकोले नेपाल पत्रकार महासंघको विधान अनुरुप पत्रकार  महासंघका कुनै पनि समितिले गर्ने काम, कर्तब्य र अधिकार अन्तर्गतको बुँदा नम्बर १८ को उपदफा (झ) र शाखाको आचारसंहिता अनुरुप सापकोटालाई उक्त्त स्पष्टिकरण सोधिएको बताएको छ। नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राई र महासचिव  प्रकाश ढकालद्वारा हस्ताक्षरित स्पष्टिकरण माग पत्रमा ददी सापकोटाको आधारहिन लान्छना लगाउने कुरालाई पागलपनको संज्ञा दिईएको छ।

सन २०१४ मा बेल्जियममा सम्पन्न नेपाल पत्रकार महासंघ यूरोप शाखाको अधिवेशनबाट एक १७ सदस्यीय कार्यसमिति र ददी सापकोटाको संयोजकत्वमा तीन सदस्यीय सदस्यता छानबिन समितिको गठन भएको थियो। सापकोटाले सदस्यता सम्बन्धमा तीन महिना भित्र प्रतिवेदन पेश गर्ने प्रतिबध्दता जनाएको तर हालसम्म पनि उनले आफ्नो जिम्मेवारी पुरा नगरेको जानकारहरू बताउँदछन्। नेपाल पत्रकार महासंघ यूरोप शाखा नेपाल पत्रकार महासंघको मान्यता प्राप्त निकाय हो। महासंघको यूरोप शाखाको  सन् २०१४ मा सम्पन्न अधिवेशनले नै ददी सापकोटाको संयोजकत्वमा सदस्यता छानविन समितिको गठन गरेको हो। सापकोटाले सामजिक संजालमा नेपाल पत्रकार महासंघ यूरोप शाखाको वर्तमान कार्यसमिति लाई अवैध कार्यसमिति भनि उल्लेख गरेका छन्। तर २०१४ को अधिवेशनमा सापकोटा आफै सहभागी भएको प्रत्यक्षदर्शिहरु बताउँछन्। कार्य समिति गठन भएको लगभग दुई बर्ष पछी आएर आफ्नै सहभागीतामा गठित कार्यसमितिको बैधानिकता माथि प्रश्न उठाएकोमा उनको नियतमा खोट रहेको  जानकारहरु बताउँछन्।

पत्रकार महासंघ यूरोप शाखाले ददी सापकोटाद्वारा उल्लेखित ब्लगमा लेखिएका कुराहरुको निन्दा र भर्त्सना गर्दै स्पष्टिकरण पत्र प्रकाशित भएको २४ घण्टा भित्र उनलाई स-प्रमाण स्पष्टिकरण दिन भनेको छ। २४ घण्टा भित्र स्पष्टिकरण नआए र स्पष्टिकरण चित्त नबुझ्ने प्रकारको भए नेपाल पत्रकार महासंघको केन्द्रिय र आन्तरिक विधि विधान अनुरुप काम कारबाहि हुने व्यहोरा समेत महासंघले उक्त्त पत्रमा उल्लेख गरेको छ।

स्पष्टिकरण माग पत्रको पूर्ण पाठ:

०२  जुलाई २०१६

ददि सापकोटा

फ्रान्स 

ब्लग संचालक: नेपाल प्लस डट कम 

विषय: स्पष्टिकरण सोधिएको

तपाइँ फ्रान्स निवासी ददि सापकोटाले संचालन गर्नु भएको ब्लग( आधिकारिक सुचना, जानकारी तथा समाचारमुलक नहुने ) साइट- नेपाल प्लस डट कममा मिति ३० जुन २०१६ मा तपाईं आँफैले सामाजिक संजालमा लेख्नु भएको भन्दै प्रकाशन गरिएको ”पत्रकार महासंघलाई प्रश्न : कति बोत्तल जाँड, विमान टिकट, खानपिन र उपहारसित साटिएका हुन् अन्तर्राष्ट्रिय पत्रकार महासंघका कार्ड ?” भन्ने शिर्षकको ब्लगमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

हुँदै नभएको कपोकल्पीत एवं अशोभनीय भाषा प्रयोग समेत गरिएको उक्त ब्लग लेखलाइ जांची हेर्दा तपाइँ ददि सापकोटाको फेसबुक वालमा समेत सोहि हुबहु व्यहोराको आसय सहितको लेख राख्नु भएकोले तपाइँ आफुले लेखेको विषयमा यो २४ घन्टे स्पष्टिकरण सोधिएको छ ।

तपाइंले आफ्नो ब्लग र फेसबुकमा उल्लेख गर्नु भएको कुरा अनुसार अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यता कार्ड उपलब्ध गराए वापत नेपाल प्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट ,महासचिब उजिर मगर र नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईलाई लक्षित गरी तथा किटान गरी आइफोन किनिदिएर, जहाजको टिकट किनिदिएर युरोपमा रहेका नेपाली पत्रकारलाई अन्तराष्ट्रिय प्रेस कार्ड उपलब्ध गराई दिएको र यी साथै लगायत अन्य असभ्य भाषा र शब्द (  जो यहाँ उल्लेख गर्न असान्दार्भिक ठानिएको छ ) प्रयोग गरी अवाञ्छित लान्छना लगाउने तथा आधारहीन तथा कपोकल्पित आरोप लगाउने कार्य भएको – देखिएकोले र पागलपना प्रस्तुत गर्नु भएकोले , तपाइँ आफुलाई पत्रकार  भन्ने ठान्ने तर तपाइँले पत्रकारिताको मर्म विपरीत महासंघको विधान स्पष्ट रुपमा उलंघन गरेको ठहरिएकोले नेपाल पत्रकार महासंघको विधान अनुरुप पत्रकार महासंघका कुनै पनि समितिले गर्ने काम कर्तब्य र अधिकार अन्तर्गतको  बुँदा नम्बर १८ को उपदफा ( झ )  र शाखाको आन्तरिक आचारसंहिता अनुरूप तपाइँलाई यो स्पष्टिकरण सोधिएको छ ।

तपाईले लगाएको आरोप पुष्टी गर्न स-प्रमाण अधारहरु प्रस्तुत  गर्नको लागि तपाइँलाई २४ घन्टाको समय दिइएको पनि यसै पत्र मार्फत जाकारी गराइन्छ । अन्तर्राष्ट्रिय प्रेस कार्ड प्राप्त गर्नको लागि कसले कसलाई आइफोन किनिदिएको, कसले कसलाई जहाज टिकट किनिदिएको तथा कसले  कसलाई जाँडको खोलोमा नुहाईदिएको हो ? सो कुरा स- प्रमाण सहित २४ घण्टा भित्र स्पष्टिकरण दिनुहुन् अनुरोध गरिन्छ । 

स्मरण रहोस नेपाल पत्रकार महासंघ युरोप शाखा आफ्नो विधी-विधानको पालना र प्रत्येक सदस्यहरुको अनुशाशन प्रति सजग छ । केन्द्रीय पदाधिकारीहरू र यस शाखाका पदाधिकारीहरु प्रति लगाईएको गम्भिर आरोपहरुको पनि केन्द्र मार्फत  छानविन होस् भन्ने चाहन्छ । पुनश्च: पत्रकारिताको नाममा छाडा हुने र  कसैलाई छाडा छोड्ने प्रवृत्ती विरुद्ध पनि पत्रकार महासंघ युरोप शाखा आगामी दिनमा सजग रहने जानकारी पनि गराइन्छ । र तपाई ददि सापकोटाले लेख्नु भएको कुराहरूको निन्दा र भर्त्सना गर्दे 

यो पत्र प्रकाशित भएको समयले २४ घण्टा भित्र तपाईं ददि सापकोटा ( फ्रान्स )ले उचित प्रमाण सहित प्रष्टीकरण दिनु हुनेछ । २४ घण्टा भित्र स्पष्टिकरण नआएको खण्डमा र चित्त नबुझ्ने प्रकारका भए नेपाल पत्रकार महासंघको केन्द्रीय र आन्तरिक विधी र विधान अनुरुप काम कारबाही हुने व्यहोरा पनि जानकारी गराइन्छ ।

बोधार्थ: नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, संचारग्राम काठमाडौं, नेपाल ।  

०१ जुलाई २०१६

अध्यक्ष                                                                                       महासचिब  

केजिन राई                                                                                  प्रकाश ढकाल

Previous articleनेपाली राजदूतावास जेनेभाको “संस्कृति र जनताको संगम : हिमाल” कार्यक्रम सम्पन्न
Next articleबेल्जियममा साहित्यिक कार्यक्रमको आयोजना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here