बिष्णु सापकोटा, बेल्जियम। नेपाली जनसम्पर्क समिति बेल्जियमको आयोजनामा नेपाली लोकतान्त्रीक आन्दोलनका नायक, नेपाली कांग्रेसका पुर्व सभापति गिरिजा प्रसाद कोईरालाको त्रियानब्बेऔ जन्म जयन्ति आन्त्रोपेन शहरमा आइतबारका दिन सम्पन्न भएको छ ।

नेपाली क्रान्ति र शान्तिका नायक स्वर्गीय गिरिजा प्रसाद कोईरालाको जन्मजयन्ती समारोह नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुभाष जोशीको सभापतित्वमा भएको थियो भने कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेल्जियामका निबर्तमान अध्यक्ष तथा गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम, संघिय समाजबादी फोरमका बैकल्पिक सदस्य तथा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्का सल्लाहकार पीजी शेर्पा, नेपाली जनप्रगतिशील मंचका चित्र सुवेदी, प्रवासी नेपाली मंच का कार्यबहाक अध्यक्ष ईशा गुरुङ, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष प्रेम पाठक, नेपाली व्यवसायी संघका अध्यक्ष सीपी भट्ट, पासा: पुच बेल्जियमका अध्यक्ष भिम जोशी, नेपाल पत्रकार महासंघ यूरोप शाखाका उपाध्यक्ष ओम शर्मा, ईन्द्रधनुष क्लव बेल्जियमकी उपाध्यक्ष रेना बस्नेथ, एभरेष्ट नेपाली समाजका कमल सिटौला, यूरो कलाकार संघका निबर्मान अध्यक्ष पदम गुरुङ लगाएत अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सभापतिको आशन बाट बोल्दै जोशीले स्वर्गीय गिरिजा प्रसाद कोईराला एक युगका लोकतान्त्रीक नायक रहेको र नेपालको लोकतान्त्रीक आन्दोलनमा उहाले अंगालेको सहमति र सहकार्य आजको नेपालका खाचो रहेको बताएका थिए । त्यसै गरि अथितिको आसन बाट गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले नेपालको प्रजातान्त्रिक आन्दोलनका धरोहर गिरिजा प्रसादले राष्ट्रीयता, लोकतन्त्र, समाजबाद र शान्तिका लागी दिएको योगदान नेपाल र नेपालीका लागी सदैव प्रेरणाको श्रोत बनेको बताएका थिए भने गैर आवासीय नेपालीहरु बीच पनि उहाले अंगीकार गरेको सहमति सहकार्य उतिकै खाचो रहेको औल्याएका थिए । त्यसैगरी गिरिजा प्रसाद कोईराला एक त्यागी नेतृत्व शाली अग्रगामी सोच लोकतान्त्रका एक अजर अमर राष्ट्र नेताको रुपमा रहेको चर्चा गर्दै नेपाली प्रवासी मंच की का.वा. अध्यक्ष श्रीमती ईशा गुरुङ ले जुन सुकै बिचार र सिद्धान्त भए पनि राष्ट्र नेता हरुलाई संम्मान गर्नु हाम्रो कर्तब्य रहेको बताईंन । त्यसैगरी संधीय समाजबादी फोरम का पिजी शेर्पाले गिरिजा प्रसाद कोईराला आधुनिक युगका एक क्रान्ति र शान्ति नायक रहेको उहाले स्थापित गरेको गणतन्त्र सबैको लागी पहुच पुर्याउनु पर्ने मा जोड दिए । नेपाली जनप्रगति शिल मंचका चित्र सुवेदी ले शान्ति प्रकृया र लोकतान्त्रका लागी उहाको भूमिका लाई सबैले सम्झनु पर्ने बताए भने जनप्रगतिशील मोर्चाका प्रेम पाठक ले नेपालको आन्दोलनका नायकको रुपमा मात्र नलिई स्वर्गीय गिरिजा प्रसाद कोईरालले स्थापना गरेको गणतन्त्र लाई सबैको अपनत्व रहने गरि गर्नु पर्ने साथै गिरिजा प्रसाद कोईराला एक नेपाली आन्दोलनका परिवर्तन का सम्बाह रुपमा लिएको बताए । यसै गरि नेपाली व्यवसायी संघका अध्यक्ष सीपी भट्टले पनि गिरिजा प्रसादको जन्मजयन्ती योगदानको चर्चा गरेका थिए ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री चिनियालाल दुवाल ले उपस्थित सम्पूर्ण लाई स्वागत गर्दै गिरिजा प्रसाद कोईरालाको बारे नेपालको राष्ट्र-राष्ट्रीयता लोकतन्त्र र समाजबाद को एक सच्चा अगुवाई रहेको र आजको दिनमा उहाको जन्म जयन्तिले प्रेरणा मिल्ने बताए ।

उपस्थित सम्पूर्ण अतिथि तथा महानुभावहरुले कोईरालाको तस्बिरमा पुष्प गुच्छा अर्पण गरि कोईराला प्रति बिशेष श्रद्धा सुमन अर्पण गरेका थिए । कार्यक्रम समितिका सह-महामन्त्री बिष्णु सापकोटाले संचालन गरेका थिए ।

рей

Previous articleबेल्जियममा साहित्यिक कार्यक्रमको आयोजना
Next articleनेपाली राजदूतावास जेनेभाको प्रेष विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here