२ जुलाई २०१६, स्विटजरल्याण्ड। नेपाली राजदूतावास जेनेभाको आयोजना र गैर-आवासिय नेपाली संघ, स्विटजरल्याण्डको सहयोगमा “संस्कृति र  जनताको संगम : हिमाल” (Mountains: Connecting Cultures and People) बिषयक कार्यक्रम सम्पन्न भयो। नेपालका हिमालहरु र स्विटजरल्याण्डका आल्पस् हरुबीचको प्राकृतिक सम्बन्ध र ति हिमालहरुका कारण सम्भाब्य साँस्कृतिक समागमलाई  चित्रित गर्दै नेपालको पर्यटन विकासमा टेवा पु-याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो। स्विटजरल्याण्डका भूतपूर्व चान्सलर श्रीमति डा. आनामारी हुवर-होच्चको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावासका राजदूत महमहिम राजदूत श्री दीपक धितालले स्विस तथा नेपाली पाहुनाहरु लाई स्वागत गर्दै नेपालको पर्यटन विकासमा सबैको सहयोगको आवश्यकता रहेको बताउँदै नेपालको पर्यटन विकासमा स्विस जनता र सरकारको सहयोग रहने आशा ब्यक्त गरे। उनले विनाशकारी भुकम्प पश्चात पर्यटन प्रवर्धनले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। ।  श्रीमति हुवर-होच्चले हिमालहरु चुनौति र अवसर दुवै भएको चर्चा गर्दै नेपालले दिर्घकालिन पर्यटन विकासमा जोड दिनु पर्ने सुझाब दिईन। त्यसै गरी नेपाल पर्यटन बोर्डका प्रतिनिधिले  नेपालको पर्यटन क्षेत्रको वर्तमान अवस्थाका बारेमा चर्चा गर्दै नेपालको पर्यटन सम्बन्धि एक वृतचित्र प्रस्तुत गरे।

कार्यक्रमको स्थानिय ब्यवस्थापनमा सक्रिय संस्था गैर-आवासिय नेपाली संघ, स्विटजरल्याण्डका अध्यक्ष हिराबल गुरूङ र स्विस नेपाली समाजका उपाध्यक्ष पितम गुरूङले स्विटजरल्याण्ड र नेपाल बीचको भौगोलिक समानताका बारेमा बोल्दै ति दुई राष्ट्रबीचको आर्थिक एवं विकासगत भिन्नता चित्रित गरे। आ-आफ्नो मन्तब्यमा तिनीहरुले नेपालले पर्यटन विकास र जलविध्धुत विकासमा बैदेशिक लगानी भित्र्याउने पर्ने र छिमेकि राष्ट्रहरुसंग सहकार्य गर्नु पर्नेमा जोड दिए। त्यसैगरी प्रख्यात पर्वतारोहि मार्क बातार्डले नेपालको प्राकृतिक सौन्दर्यको मुक्त कण्ठले उल्लेख गर्दै सबैलाई नेपाल भ्रमण गर्न अनुरोध गरे।  कार्यक्रममा स्विटजरल्याण्डका स्थानिय कलाकारहरुले एक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। सहभागीहरुका लागि कार्यक्रममा नेपाली खानाको  पनि ब्यवस्था गरिएको थियो। कार्यक्रमको अन्त्यमा नेपाली राजदूतावासका डेपुटि चिफ अफ मिसन सुरेश अधिकारीले सबैलाई धन्यवाद ज्ञापन गरे। स्विस नागरिकहरुको ठूलो संख्यामा उपस्थिति रहेको उक्त्त कार्यक्रम नेपालको पर्यटन प्रवर्धनका लागि सार्थक रहेको सहभगीहरुले बताए।

DSC_0171 - Kopie DSC_0200 - Kopie DSC_0253 DSC_0260 - Kopie DSC_0290 - Kopie DSC_0302 DSC_0315 - Kopie DSC_0353 DSC_0379

Previous articleभुकम्प प्रभावित विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमको सहयोग
Next articleनेपाल पत्रकार महासंघ यूरोप शाखाको ददी सापकोटालाई २४ घण्टे स्पष्टिकरण माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here