११ जुन २०१६, स्विट्जरल्याण्ड। यहि जुन १० तारीखबाट फ्रान्समा सुरू भएको यूरो कप २०१६ फुटबल प्रतियोगिताको आज दोश्रो दिन स्विट्जरल्याण्डले आफ्नो पहिलो खेलमा अल्बानियालाई १-० गोल अन्तरले पराजित गरेको छ। खेल सुरु भएको पाँचौं मिनेटमा फाबियान शेएर को “हेड” गोलले अल्बानियालाई पराजित गर्दै युरो कप फुटबलमा जितको सुरुवात गरेको हो। आजको रोचक खेलमा अल्बानियाका कप्तान लोरिक साना खेलको ३७ औं मिनेटमा दोश्रो पटक पाएको पहेंलो कार्ड संगै रातो कार्ड पाएपछि खेलबाट बाहिरिन प-यो। त्यस पश्चात १० जना मात्र खेलाडि रहेको अल्बानियाको टिम विरुद्ध स्विटजरल्यण्डले गोल थप्न भने सकेन।

केहि अल्बानियन मूलका खेलाडिहरु रहेको स्विटजरल्याण्डको राष्ट्रिय टिम र अल्बानिया बीचको खेललाई खेल पर्यवेक्षकहरुले सुक्ष्म तबरले अवलोकन गरेका थिए। स्विटजरल्याण्डको राष्ट्रिय टिमका खेलाडि ग्रानित जाका का दाजु ताउलान्ट जाका प्रतिद्वन्दि टिम अल्बानियाबाट खेल्ने कुरा यस अधिनै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा चासोका साथ प्रकाशित भै सकेको छ।

यूरो कप २०१६ मा यूरोपका २४ राष्ट्रिय टिमबीच १० वटा रंगशालामा खेलाईने ५१ खेलहरुमा प्रतिस्पर्धा गर्ने छन्। पहिलो चरणको खेलका लागि ति टिमहरुलाई ६ वटा समुहहरुमा विभाजन गरिएको छ। “समुह क” मा स्विटजरल्याण्ड सहित अल्बानिया, फ्रान्स र रोमानिया परेका छन्। स्विटजरल्याण्डले दोश्रो खेल रोमानियाको विरुद्ध पेरिसमा यहि जुन १५ तारीख, बेलुकि १८.०० बजे खेल्ने छ।

 

फोटो: AFP/Philippe Huguen
फोटो: AFP/Philippe Huguen
Previous articleस्विट्जरल्याण्डका स्थानीय कलाकारहरुको प्रस्तुती “गाउछ गीत नेपाली”
Next articleयुरोपका चर्चित व्यक्तित्व,कलाकार,पत्रकारहरु नेपाली नेपाली डटकमको कार्यक्रममा सहभागी हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here