बार्सिलोना / युरोपबाट संचालित एक अनलाईन मिडियाले आयोजना गर्न लागेको कार्यक्रममा बेलायत, स्बिजरल्याण्ड, जर्मनी,रसिया,बेल्जियम,डेनमार्क,होल्याण्ड लगायतका युरोपेली मुलुकहरुबाट नेपालीहरुको सहभागिता रहने भएको छ। आगामी जुलाई ११ तारिख बार्सिलोनामा हुने नेपालीनेपाली डटकमको दोस्रो बार्षिकोत्सव समारोहका लागि युरोपमा स्थापित व्यक्तित्वहरु, एनआरएन अभियन्ता, बरिष्ट पत्रकार, समाजसेबी, ब्यबसायी, कलाकार लगायत बिभिन्न संघ सँस्थामा आबद्द व्यक्तित्वहरुको सहभागिता रहने भएको हो।

समारोहलाई गैर आबासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्ने भएका छन्। समारोहमा बीबीसी नेपाली सेबाका पुर्ब प्रमुख खगेन्द्र नेपालीलाई बिशेष सम्मान गरिने भएको छ। बीबीसीमा करिब २७ बर्ष  काम गरेर अवकास लिएर बरिष्ट पत्रकार नेपालीलाई  बिशेष समारोह बीच सम्मानगरिने भएकोहो।

कार्यक्रममा गैर आवासीय नेपाली संघका सचिव अर्जुनकुमार श्रेष्ठ (बेल्जियम), युरोप संयोजक कुल आचार्य (बेलायत), सह संयोजक दावा जी शेर्पा (जर्मनी), महिला फोरम संयोजक सपिला राज भण्डारी (रसिया), सह संयोजक रजनी प्रधान (बेल्जियम) ले सहभागिता जनाउँदै छन्।

यस्तै आईसीसी सदस्य डा. बिनय श्रेष्ठ ( स्विटजरल्याण्ड), डेनमार्कका लागि प्रर्यटन बोर्ड प्रतिनिधि सोम सापकोटा (डेनमार्क), जर्मनीका लागि प्रर्यटन बोर्ड प्रतिनिधि सन्तोष भट्टराई (जर्मनी), ईनास ग्लोबल कमिटीका अध्यक्ष पुष्प बरुवाल, नेपाल पत्रकार महासंघ बेलायत शाखाका निबर्तमान अध्यक्ष चिरन शर्मा (बेलायत), एनआरएन सञ्चार कार्यदल उप संयोजक संगीता संगीता मरहट्टा,  ईनास युरोप संयोजक अर्जुन काफ्ले, सह-संयोजक गुणराज शर्मा, मिडिया कोअर्डिनेटर प्रकाश तिवारी पनि बार्सिलोना आउँदैछन्।

यस्तै नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव प्रकाश ढकाल (डेनमार्क),महासंघका सचिव हिरालाल श्रेष्ठ (स्विटजरल्याण्ड), एनआरएन युवा संयोजक अर्जुन बस्ताकोटी (स्विटजरल्याण्ड), गायक सुबास सुन्दास (स्विटजरल्याण्ड),  संगीतकार रामु परियार (स्विटजरल्याण्ड) लगायतले कार्यक्रममा सहभागिता जनाउँदै छन्।

बिशेष समारोहमा प्रस्तुत गरिने सम्पूर्ण भिडियो सामग्रीहरु तयार भईसकेको मिडियाले जनाएको छ। स्थानीय संघ संस्थाहरुले दिएको शुभकामना सन्देश सहित पाठक प्रतिक्रिया पनि मिडियाले समेटेको छ। स्पेनमा संचालित नेपाली पाठशाला बारे बिशेष रिपोर्टलाई पनि मूल समारोहमा देखाउँने गरी मिडियाले तयार गरिसकेको छ।

नेपाल घुम्नका लागि सुरक्षित

प्रबासबाट नेपालको पर्यटन प्रबद्वनको लागि नेपाल घुम्नलाई सुरक्षित छ भन्दै बिभिन्न कार्यक्रम भईरहेका बेला मिडियाले पनि सोही अभियान चलाएको छ। नेपाल पुगेका पर्यटकहरु तथा पर्यटन विदहरुको बिचारलाई समेटेर बिशेष भिडियो सामाग्री तयार गरेको छ। भिडियोमा जर्मनी,डेनमार्क,क्यानाडा,स्बिजरल्याण्ड,स्पेन लगायतका मुलुकवाट नेपाल पुगेका पर्यटकहरुको धारणा समेटिएको छ।

गत बर्ष भूकम्प पछि,”शोकलाई शक्तिमा बदलौ,देश दुखेको बेला घर फर्कौ अभियान” चलाएको मिडियाले यस पटक भने,”नेपाल सुरक्षित छ ” भन्ने सन्देशलाई प्रबाह गर्ने भएको हो।

सम्मान कार्यक्रमको निरन्तरता

अनलाईन मिडियाले गत बर्ष जस्तै यस पटक पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिने भएको छ। बीबीसी नेपाली सेबाका पुर्ब प्रमुख खगेन्द्र नेपालीलाई पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको कदर गर्दै बिशेष सम्मान गर्ने मिडियाले यस अघि घोषणा गरिसकेको छ।  यस्तै “ युरोप बर्ष व्यक्तित्व” बाट एक जनालाई नेपालीनेपाली डटकमले सम्मानित गर्दै छ। यस्तै युरोप क्षेत्रबाट नै कलाकारिता क्षेत्रमा योगदान दिने एक जना कलाकारलाई पनि सोहि समारोहमा सम्मान गर्ने मिडियाले जनाएको छ।

युरोप बर्ष ब्यक्तित्व र कलाकारिता क्षेत्रबाट सम्मानित कलाकारको नाम भने जुलाई ११ को बिशेष समारोहमा नै घोषणा गरिने प्रधानसम्पादक बसन्त रानाभाटले बताएका छन्।

Previous articleयुरो कपमा स्विट्जरल्याण्डसंग अल्बानिया पराजित
Next articleअष्ट्रेलियाको राष्ट्रिय जुडो प्रतियोगितामा नेपाली खेलाडीलाई स्वर्ण र कास्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here