भूमिराज गुरुङ, स्विट्जरल्याण्ड। मे २९ तारीख स्विट्जरल्याण्डको राजधानी बेर्नमा गरै-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको आयोजनामा मह-जात्रा सफलता पूर्वक सम्पन्न भयो।  संघका सचिव फणिन्द्र पन्तको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संघका अध्यक्ष हिराबल गुरुङले कार्यक्रमबारे जानकारी गराउदै सो कार्यक्रमबाट खर्च कटाई बचत भएको रकम नेपालको शैक्षिक क्षेत्रमा सहयोग गर्ने बताएका थिए।

मह-जोडीले सधै जसो नेपाली समाजमा घटेका घटना र राजनीतिक गतिबिधिहरु लाई व्यंग्यात्मक शैलिले प्रस्तुत गर्दै दर्शकहरु लाई मनोरञ्जन गराएका थिए। साथमा गायिका माण्डवी त्रिपाठी र गायक यमन श्रेष्ठले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्दै उपस्थित दर्शकहरु लाई नचाएका थिए।

उक्त कार्यक्रममा गैर-आवासीय नेपाली संघ अर्न्तराष्ट्रिय समन्वय परिषदकी महिला सह-संयोजक रजनी प्रधान, स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस रुक्स्टुक, जनसम्पर्क समितिका अध्यक्ष रामकुमार महत्तो, बेर्न समाजका अध्यक्ष बिष्णु थापा,जुरीख नेपाली स्पोर्टस क्लवका अध्यक्ष देव राई, बासेल समाजका सचिव जिवन भट्टराई, आदिवासी जनजाती स्विट्जरल्याण्डका संयोजक छोङडुक भोटे, भूकम्प पिडीत पूर्ननिर्माण अभियानका संयोजक पितम गुरुङ, ईनास स्विट्जरल्याण्डका अध्यक्ष धनसिंह ठकुरी र नेपाल बाट आउनुभएका नेपाली स्वीस फ्रेन्डसिप सोसाईटिका अध्यक्ष बिष्णु भुषालका साथै, एनआरएनए स्विट्जरल्याण्डका आईसीसी सदस्य डा.विनय श्रेष्ठ लगायत संघका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम संघका महासचिव भूमिराज गुरूङ र संघका कार्यकारी कमिटि सदस्य गुणराज शर्माले संचालन गरेका थिए। गैर-आवसिय नेपाली संघ, स्विट्जरल्याण्डको आधिकारीक वेभ साईट www.nrnaswitzerland.org उक्त कार्यक्रममा मह-जोडीले उद्घाटन गरेको थियो। कार्यक्रमको अन्त्यमा एनआरएनए स्विट्जरल्याण्डले कलाकारहरु (महजोडी) मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नरेन्द्र कंसाकार, माण्डवी त्रिपाठी, यमन श्रेष्ठ र मोहित आचार्यलाई मायाको चिनो प्रदान गरेको थियो।

उक्त कार्यक्रमको उद्देश्य शैक्षिक क्षेत्रमा सहयोग गर्ने रहेकोले सोको लागी गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका महिला संयोजक शोभा एल्मर लामाले ५०० स्विस् फ्रेन्क सहयोग गरिन्।कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकेता पनि सोखिन जादुगर गौरी बर्तौलाले नेरु १०७०० सहयोग गरे।

दल पुन र तिलक थापाको समुहले तयार पारेको स्वादिष्ठ नेपाली खानाको सबैले प्रशंसा गरेका थिए।

Maha family

Previous articleयूएईमा एक नेपालीले गरे झुन्डिएर आत्महत्या
Next articleपानि अभियानको लागि १ करोड रुपैयाँ जुटाउने योजना (भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here