मान बहादुर के.सी. यूएई। बैदेशिक रोजगारीको शिलशिलामा यूएईको फुजैराहमा कार्यरत एक नेपालीले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका छन् । रुपन्देही जिल्ला देवदह नगरपालिका वडा नम्बर ९ बिशाल नगर घर भई करिब ५ बर्ष देखि ताज महल रेस्टुरेन्ट फुजैराहमा कार्यरत ३१ वर्षीय हिमाल बोहोराले गएको बिहीवार आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन ।

अन्य सहकर्मी साथीहरु काममा गएका बेला आफु बस्ने कोठाको पंखामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए । 

हाल मृतक बोहोराको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पतालमा राखेको छ । ६ जुन भिसा केन्सिल गरी नेपाल फर्कने तयारी गरी रहेका बेला एक्कासी आत्महत्या गर्नुको कारण भने अझै खुल्न नसके पनि निरास भएर मानसिक तनाबका कारण गरेको हुन सक्ने उनका आफन्त चन्द्र बहादुर खत्रीले बताए ।

उक्त घटनाको जानकारी पाए पछि रेस्टुरेन्ट मालिकलाई भेटेर कुरा बुझ्दा पोस्टमार्टमको रिपोर्ट आईतबार सम्म आउने र रिपोर्ट आएपछि नेपाली दुताबास गएर अन्य प्रकृया पुरा गरेर मृतकको शब नेपाल पठाईने गैर-आवासीय नेपाली संघ फुजैराह क्षेत्रीय समितीका सचिब शेर सुनारले जानकारी दिए ।

स्मरण रहोस् बाल्यकालमा नै टुहुरा बनेका मृतक बोहोराको परिवारमा श्रीमती र नाबालक दुई छोरा छन ।

Previous articleपेरिसमा हुने १३औ नेपाल महोत्सवको तयारी पूरा भयो
Next articleएनआरएनए स्विट्जरल्याण्डको आयोजनामा मह-जात्रा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here