११ मे २०१६, स्विटजरल्याण्ड। नेपालका प्रख्यात एवं सर्वाधिक सफल चलचित्र निर्देशक तुलसी घिमिरेले यु ट्युबमा आफ्नो एक भिडियो सन्देश सार्वजनिक गर्दै मे १५ मा स्विटजरल्याण्डको बासेलमा आयोजना हुने ईनासको चौंथो नृत्य प्रतियोगिताका विजेताहरुलाई आफ्नो आगामि चलचित्र “दर्पण छायाँ – २” मा भूमिका दिने घोषणा गरेका छन्। उनले आफ्नो भिडियो सन्देशमा ईनासको कार्यक्रमलाई निकटबाट हेरिरहेको बताउँदै कार्यक्रमको पूर्ण सफलताको कामना पनि गरेका छन्।

ईनासको चौंथो युरोपेली नृत्य प्रतियोगितामा प्रथम, द्वत्तिय र तृतिय हुने कलाकारहरु लाई चलचित्रमा भूमिका प्रदान गर्ने उनको उदघोषले बासेलमा आयोजना हुने कार्यक्रमको कद र महत्व दुवैमा बृदि गरेको छ। साथै नेपालकै प्रख्यात एवं सर्वाधिक सफल चलचित्र निर्देशकले युवा कलाकारहरु लाई प्रदान गर्ने यो मौकाले प्रबासका सम्पूर्ण कलाकारहरुको सम्मान हुने देखिन्छ। प्रवासको नेपाली कला क्षेत्र नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्धनमा निरन्तर सक्रिय रहे पनि प्रबासका नेपाली कलाकारहरु को सम्बन्धित निकायबाट उचित कदर हुन नसकेको अवस्थामा आएको निर्देशक घिमिरेको उक्त घोषणाले प्रबासको नेपाली कला क्षेत्रमा एक सकारात्मक तरङ पैदा गरेको छ। 

निर्देशक तुलसी घिमिरे  

नेपालका सर्वाधिक सफल एवं प्रख्यात चलचित्र निर्देशक घिमिरेको जन्म १५ जुलाई १९५१ मा नेपाली बुबाआमाको कोखमा भारतको कालिङपोङ भएको हो। उनले कालिङपोङ कलेजबाट कलामा स्नातकको अध्ययन पुरा गरेका छन्। उनि चलचित्र निर्देशकमात्र नभई एक सफल पटकथा लेखक, चलचित्र संपादक, छायाँकार, गीतकार र कलाकार पनि हुन्। उनले आफ्नो नेपाली चलचित्र निर्देशन यात्रा सन १९८१ मा चलचित्र “बाँसुरी” बाट आरम्भ गरेका हुन्। “कुसुमे रुमाल”, “लाहुरे”, देउता”, “चिनो”, “बलिदान”, “दक्षिणा” र “दर्पण छायाँ” दर्शकहरु बाट सर्वाधिक मन पराईएका उनका चलचित्रहरु हुन्। उनको ब्लक ब्लस्टर हिट “दर्पण छायाँ” कै “दर्पण छायाँ – २” मा विजयी कलाकारहरु लाई भूमिका प्रदान गर्ने उनको घोषणा प्रशंसनिय छ।

ईनासको भूमिका              

प्रबासका नेपाली कलाकारहरु लाई प्राप्त हुने यस्ता प्रोत्साहनको निरन्तरताको खाँचो सर्वत्र महसुस गरिएको छ। प्रबासी नेपाली कलाकारहरुले प्राप्त गर्ने यस प्रकारका मौकाहरु दिर्घकालिन हुनसके प्रबासको नेपाली कला क्षेत्रमा नयाँ आयाम थपिन सक्ने देखिन्छ। यस सम्बन्धमा ईनासले राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा मार्गनिर्देशक र महत्वपूर्ण भुमिका निभाएको देखिन्छ।

INAS 2016 Switzerland

Previous articleडेनमार्कबाट कलाकार र कलाप्रेमीहरुको एक समुह स्विटजरल्याण्ड आउने
Next articleबासेल कार्यक्रमको पूर्वसंध्यामा बोखुमको स्मरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here