image-a3b533b798c3a5509aaa66a10f29c652d482dddf2f79a5f11f06fb2774868b54-V११ मे २०१६, स्विटजरल्याण्ड। ईनासको तेश्रो युरोपेली नृत्य प्रतियोगिता २०१५ जर्मनीको बोखुम शहरमा भब्यरुपमा सम्पन्न भएको थियो। ईनासको मिडिया पार्टनरका हैसियतमा बोखुममा नेपालस्वीस डट कमको सक्रिय सहभागिता रहेको थियो। नेपालस्वीस डट कमको साथमा स्विटजरल्याण्डका ब्यक्तित्वहरु सम्मिलित एक टोलि बोखुमको कार्यक्रममा सहभागि हुँदै ईनासको चौंथो नृत्य र प्रथम गायन प्रतियोगितालाई स्विटजरल्याण्ड ल्याउने प्रबन्ध त्यसै अवसरमा मिलाईएको हो। आशा गरौं, बोखुमले तय गरेको गुणस्तरलाई कायम राख्दै यहि मे १५ मा बासेलमा मनोरञ्जनात्मक र ब्यवस्थित कार्यक्रम प्रस्तुत गरिने छ। नेपाली कला र संस्कृतिको संवर्धन हेतु बासेलमा आयोजित यस युरोप स्तरीय कार्यक्रममा सहभागि भई सफल बनाउन सबै प्रबासी नेपाली र स्विटजरल्याण्डबासी नेपाली नेपाली दाजुभाई दिदिबहिनीहरु लाई नेपाल स्वीस डट कम हार्दिक अनुरोध गर्दछ।

विगतका कार्यक्रमहरु भविष्यमा आयोजना हुने कार्यक्रमका लागि मार्ग निर्देशक हुन सक्ने तथ्य मनन गर्दै स्मरण स्वरुप बोखुम कार्यक्रमको एक भिडियो यहाँ प्रस्तुत गरिएको छ।

Previous articleनिर्देशक तुलसी घिमिरेले ईनासका विजेताहरुलाई चलचित्र “दर्पण छायाँ – २” मा भूमिका दिने
Next articleIntercity Swiss rail prices too high

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here