१० मे २०१६, स्विटजरल्याण्ड। यहि मे १५ तारीख स्विटजरल्याण्डको बासेलमा आयोजना हुने ईनासको चौंथो युरोपेली नृत्य र प्रथम गायन प्रतियोगिताका लागि डेनमार्कले पनि प्रतियोगिहरुको छनौट गरेको जानकारी प्राप्त भएको छ। डेनमार्कबाट नृत्य तर्फ रेशमा पौडेलले प्रतिस्पर्धा गर्ने छिन् भने सैलेश बि.क. र सोबु के.सी. दहालले गायनमा प्रतिस्पर्धा गर्ने छन्।

ईनासको नृत्य र गायन प्रतियोगितामा प्रतियोगिहरुले एक लोक र एक आधुनिक गीतमा आफ्नो कला प्रस्तुत गर्नुपर्ने नियम रहेको छ। नेपाल स्वीस डट कमलाई प्राप्त जानकारी अनुसार रेशमा पौडेलले “हिजो राति सपनीमा तिमिलाई देखें” र “तिमी आउ मेरो जिवनमा सुस्तरी सुस्तरी” बोलका गीतहरुमा आफ्ना नृत्यहरु प्रस्तुत गर्नेछन्। त्यसैगरी गायक सैलेश बि.क. ले “कलिलो तामालाई” र “ठूला ठूला महल हैन” र सोबु के.सी. दहालले “काली पारी दाई कति राम्रो” र “कुसुमे रुमाल” बोलका गीतहरु गाएर सबैलाई भरपुर मनोरञ्जन प्रदान गर्दै विजयी हुने प्रयास गर्ने छन्।

denm

image-ad93d4de1ecb3681138ae72bfa8f53cb0c98c7ae6c033b3ff2e8b2bbab81c891-Vराजमान तमाङ सन्त कुमार थापा मगर को सहभागिता रहने

बासेलको ईनास कार्यक्रममा युरोपका परिचित नेपाली गायक राजमान तमाङ र ईनास डेनमार्कका अध्यक्ष सन्त कुमार थापा मगरको सक्रिय सहभागिता रहेने जानकारीमा आएको छ। डेनमार्क निवासी राजमान तमाङ युरोपको प्रवासी नेपाली समाजमा स्थापित गायक हुन्। उनि आफ्ना प्रस्तुतिहरुका माध्यमबाट दर्शकहरुलाई नचाउन माहिर छन्। सन २०१५ को बोखुममा आयोजित ईनास कार्यक्रममा उनले दर्शकदिर्घालाई छमछमी नचाएका थिए। त्यसैगरी सन्त कुमार थापा मगर एक कुशल नर्तक मानिन्छन्। तमाङ र थापा मगरको सहभागिताले कार्यक्रममा विशेष रौनक थप्ने देखिन्छ।

image-2e3e463b8b1bea763f8fbf782f6156a0cf2286b9132fa3f9c4459ae2baf0b368-V

जर्मनी, बेल्जियम हल्याण्ड

जर्मनी, बेल्जियम र हल्याण्डका प्रतियोगिहरुको नाम यस अधिनै नेपालस्वीस डट कमले प्रकाशित गरिसकेको छ। बेल्जियमबाट सरिना पौडेल र रोशनी केसीले नृत्य तर्फ र त्यसैगरी हीना कार्की र अर्जुन शाहिले गायनमा प्रतिस्पर्धा गर्ने छन्। हल्याण्डबाट गायन प्रतियोगिताका लागि तुफान घले र सूर्य भण्डारीलाई छनौट गरेको छ। जर्मनीबाट नृत्य तर्फ सुभाङगी गौतम र सुजाता राईले प्रतिस्पर्धा गर्ने छन् भने राधिका पोख्रेलले गायनमा आफ्नो कला प्रस्तुत गर्ने छिन्। डेनमार्क, जर्मनी, हल्याण्ड र बेल्जियमबाट छनौट भएका कलाकारहरु युरोपको प्रबासी नेपाली समाजका प्रतिभाशाली र परिचित कलाकारहरु हुन्।

Previous articleभिन्टेज मोटर एक्स्पोको तयारी पूरा
Next articleनिर्देशक तुलसी घिमिरेले ईनासका विजेताहरुलाई चलचित्र “दर्पण छायाँ – २” मा भूमिका दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here