०६ मे २०१६, स्विट्जरल्याण्ड। गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डले यहि २९ मे २०१६ तारीख आईतबारको दिन बेर्नमा महजात्रा कार्यक्रम आयोजना गर्ने भएको छ।

संघबाट प्राप्त सुचना तल प्रस्तुत गरिएको छः

आदरणीय स्विट्जरल्याण्ड वासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु,

लामो समय देखि नेपाली हाँस्य कला क्षेत्रमा समासामयिक र चेतन मुलक हाँस्यकला प्रस्तुत गर्दै, देश तथा विदेशमा बस्ने नेपालीहरु माझ लोकप्रिय कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महाजोडी) गैर-आवसिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद महिला फोरमको आव्हानमा युरोप भ्रमणको क्रममा स्विट्जरल्याण्ड आउने निश्चित भएको छ।

उक्त कार्यक्रम मे २९ गते आईतबारको दिन वेर्नमा, गैर-आवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले आयोजना गर्दैछ। सो कार्यक्रम बाट बचेको रकमले नेपालको कुनै दुर्गम ठाउंको शैक्षिक क्षेत्रमा सहयोग गर्ने गैर-आवसिय नेपाली संघ, स्विट्जरल्याण्डको योजना रहेको छ।

गैर-आवसिय नेपाली संघ, स्विट्जरल्याण्ड, तपांई सम्पूर्ण स्विट्जरल्याण्ड वासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा, नेपाल र नेपालीहरुको सहयोगार्थ हुन गईरहेको हाँस्य तथा मनोरञ्जनात्मक कार्यक्रममा उपस्थित भई सहयोग र सफल बनाईदिनु हुन हार्दिक अनुरोध गर्दछ। कार्यक्रमको विस्तृत जानकारी छिट्टै प्रकाशित गरिनेछ।

 गैर-आवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद

स्विट्जरल्याण्ड परिवार

Previous articleईनासकोयुरोपेली चौंथो नृत्य र प्रथम गायन प्रतियोगिता २०१६, बासेलका लागि बेल्जियम र हल्याण्डको निर्णय
Next articleईनास जर्मनीले पनि ग-यो निर्णय, “झकास झापाली” र “फ्यान्टास्टिक”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here