ईनासकोयुरोपेली चौंथो नृत्य र प्रथम गायन प्रतियोगिता २०१६, बासेलका लागि बेल्जियम र हल्याण्डको निर्णय

०५ मे २०१६, स्विटजरल्याण्ड। यहि मे १४ – १५ तारीखमा स्विटजरल्याण्डको बासेलमा आयोजना हुने ईनासको चौंथो युरोपेली नृत्य र प्रथम गायन प्रतियोगिताका लागि बेल्जियम र हल्याण्डका ईनासले प्रतियोगिहरुको नाम फेसबुक मार्फत सार्वजनिक गरेको छ। विगतमा जस्तै यस पटक पनि नृत्य विधामा १२ राष्ट्रका प्रतिभाशाली कलाकारहरुको गुणात्मक एवं कडा प्रतिस्पर्धा हुने देखिन्छ। प्रथम पटक आयोजना गरिएको भएपनि गायन विधामा पनि संख्यातमक सहभागिता रहेन संकेत देखिएको छ। अन्य राष्ट्रका ईनासले पनि छिट्टै प्रतियोगिहरु को नाम सार्वजनिक गर्ने जानकारीमा आएको छ।

बेल्जियम

इनास बेल्जियमले अप्रिल २४, २०१६ मा एक अडिसन कार्यक्रमको आयोजना गरी बेल्जियमबाट गायन तर्फ दुई र नृत्यतर्फ दुई प्रतियोगिहरु छनौट गरेको छ। अडिसन कार्यक्रमबाट छानिएका सरिना पौडेल र रोशनी केसी नृत्यतर्फ, त्यसैगरी हीना कार्की र अर्जुन शाहिले गायनमा प्रतिस्पर्धा गर्ने छन्।

ईनास युरोप संयोजक अर्जुन काफ्लेका साथमा बेल्जियमबाट छनौट भएका कलाकार र अन्य ब्यक्तित्वहरु
ईनास युरोप संयोजक अर्जुन काफ्लेका साथमा बेल्जियमबाट छनौट भएका कलाकार र अन्य ब्यक्तित्वहरु

हल्याण्ड

हल्याण्डले गायन प्रतियोगिताका लागि तुफान घले र सूर्य भण्डारीलाई छनौट गरेको छ। तुफान घलेले सन २०१५ मा बोखुममा आयोजित ईनासको तेश्रो युरोपियन नृत्य प्रतियोगितमा पनि सहभागिभई तेश्रो पुरस्कार जित्न सफल भएका थिए।

हल्याण्डका गायन तर्फका प्रतियोगिहरु तुफान घले र सूर्य भण्डारी(बीचमा)
हल्याण्डका गायन तर्फका प्रतियोगिहरु तुफान घले र सूर्य भण्डारी(बीचमा)

(यो समाचार ईनास बेल्जियम र ईनास हल्याण्डको फेसबुकमा आधारित रहेको र फोटोहरु पनि त्यहिबाट लिईएको जानकारी गराईन्छ।)

Previous articleएनआरएन बेल्जियमको आयोजनामा मह जात्रा हुने
Next articleएन.आर.एन स्विट्जरल्याण्डको आयोजनामा बेर्नमा महजात्रा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here