०७ मे २०१६, स्विटजरल्याण्ड। यहि मे १४ – १५ तारीखमा स्विटजरल्याण्डको बासेलमा आयोजना हुने ईनासको चौंथो युरोपेली नृत्य र प्रथम गायन प्रतियोगिताका लागि जर्मनीले पनि प्रतियोगिहरुको छनौट गरेको जानकारी प्राप्त भएको छ। जर्मनीबाट नृत्य तर्फ सुभाङगी गौतम र सुजाता राईले प्रतिस्पर्धा गर्ने छन् भने राधिका पोख्रेलले गायनमा आफ्नो कला प्रस्तुत गर्ने छिन्।

ईनासको नृत्य र गायन प्रतियोगितामा प्रतियोगिहरुले एक लोक र एक आधुनिक गीतमा आफ्नो कला प्रस्तुत गर्नुपर्ने नियम रहेको छ। नेपाल स्वीस डट कमलाई प्राप्त जानकारी अनुसार सुभाङगी गौतमले “शिरैमा शिरबन्दि” र “झकास झापाली” बोलका गीतहरुमा र सुजाता राईले “जाउँ जाउँ रेल्लईमा” र “फ्यान्टास्टिक” बोलका गीतहरुमा आफ्ना नृत्यहरु प्रस्तुत गर्नेछन्। यि दुबै कलाकारहरुले छनौट गरेका नृत्यहरुले दर्शकहरुलाई साथसाथै नचाउने निश्चित छ। त्यसैगरी गायिका राधिका पोख्रेलले “हेरेको तिमीलाई” र “जाउँ जाउँ रेल्लईमा” बोलका गीतहरु गाएर सबैलाई भरपुर मनोरञ्जन प्रदान गर्दै विजयी हुने प्रयास गर्ने छिन्।

बेल्जियम र हल्याण्डले यस अधिनै प्रतियोगिहरुको नाम फेसबुक मार्फत सार्वजनिक गरिसकेको छ। बेल्जियमबाट सरिना पौडेल र रोशनी केसीले नृत्य तर्फ र त्यसैगरी हीना कार्की र अर्जुन शाहिले गायनमा प्रतिस्पर्धा गर्ने छन्। हल्याण्डबाट गायन प्रतियोगिताका लागि तुफान घले र सूर्य भण्डारीलाई छनौट गरेको छ। जर्मनी, हल्याण्ड र बेल्जियमबाट छनौट भएका कलाकारहरु युरोपको प्रबासी नेपाली समाजका प्रतिभाशाली र परिचित कलाकारहरु हुन्।

विगतमा जस्तै यस पटक पनि नृत्य विधामा १२ राष्ट्रका प्रतिभाशाली कलाकारहरुको कडा प्रतिस्पर्धा हुने देखिन्छ। प्रथम पटक आयोजना गरिएको भएपनि गायन विधामा पनि संख्यातमक सहभागिता रहेन संकेत देखिएको छ। अन्य राष्ट्रका ईनासले पनि छिट्टै प्रतियोगिहरु को नाम सार्वजनिक गर्ने जानकारीमा आएको छ।

Previous articleएन.आर.एन स्विट्जरल्याण्डको आयोजनामा बेर्नमा महजात्रा
Next articleलण्डनले पहिलो मुसलमान मेयर निर्वाचित ग-यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here