बिष्णु सापकोटा, बेल्जियम । नेपालका ख्यति प्राप्त हास्य कलाकार द्धय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य साथमा अन्य कलाकारहरु  यूरोप यात्रा संगै बेल्जियममा पनि गैर आवासीय नेपाली संघको आयोजनामा “मह-जात्रा”  कार्यक्रम हुने भएको छ । एनआरएन बेल्जियमको आयोजनामा हुन गईरहेको उक्त कार्यक्रम आगामी  जुन महिनाको पाच तारिक आईतबारका दिन  बेल्जियमको आन्त्रोपेन शहरमा अवस्थित बिशाल नाटक घर अर्थात एल्क्रिलिक थियाटर हलमा हुने भएको छ ।
नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षति एवं पिडितहरु तथा पुनर्निर्माण सहयोगका लागी बिशेष गरि च्यारीटी कार्यक्रम स्वरूप आयोजना गर्न लागीएको गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले जानकारी गराएका छन ।  यसरी आयोजना गर्न लागीएको भब्य कार्यक्रममा दर्शकहरुको सुबिधाको लागी बेल्जियमको लुभेन र ब्रुगे शहर बाट बस सुबिधाको ब्यवस्था गरिएको  समेत जनाएका छन । साथै बस बाट आउन जान चाहने  दर्शक महानुभावहरुले एनआरएन ए बेल्जियमको लुभेन तथा बुग्रे क्षेत्रका आफ्ना सदस्यहरु संग समयमै संपर्क गरि बसको सिट सुरक्षित गर्न अनुरोध समेत गरेको छ ।
कार्यक्रम आयोजकले जनाए अनुसार “मह-जात्रा” टिकट दर पच्चिस र पचास यूरो निर्धारण गरिएको बताईएको छ । टिकटको लागी एनआरएन ए बेल्जियमका पदाधिकारी संग संपर्क गरि बेलैमा आफ्नो टिकट लिन समेत अनुरोध गरिएको छ ।

बेल्जियमबासी नेपालीहरु माझ हुन् गैई रहेको बिशाल मह जात्रा कार्यक्रमको लागी दर्शकहरु उत्साहित मात्रै नभएर आतुर रहेको टिकट बिक्रीले देखाएको र कार्यक्रम नेपालका अतिनै ख्याती प्राप्त राष्ट्रीय कलाकारहरुको रहेको र साथै नेपालमा गएको भूकम्प पिडितहरु तथा पुनर्निर्माण सहयोगका लागी पनि भएको हुनाले दर्शकहरुले उल्लेखीय रुपमा उपस्थिति रहने आयोजकले बताएका  छन् ।

Previous articleगायिका शर्मिला बर्देवाले ईनासको युरोपेली कार्यक्रम, स्विटजरल्याण्डमा रौनक थप्ने
Next articleईनासकोयुरोपेली चौंथो नृत्य र प्रथम गायन प्रतियोगिता २०१६, बासेलका लागि बेल्जियम र हल्याण्डको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here