१४ अप्रिल २०१६, स्विटजरल्याण्ड। अप्रिल १३, २०१६ मा स्वीस संघिय सरकारको बैठक बुन्देशहाउस बेर्नमा नबसेर लोसानमा बस्यो। जन-सामिप्यताका लागि बैठक लोसानमा आयोजना गरिएको समाचार प्रकाशित भएको छ। तर कलेक्टिभ आर ( जर्मन: Kollektive R) नामक संस्थाका एक्टिभिस्टहरुले भित्रछिरी बैठकलाई बिथोल्न खोजे। कलेक्टिभ आरका एकटिभिस्टहरुले शरणार्थिहरु लाई उनिहरुको मूलको देश फिर्ता पठाउने सरकारी नीतिको विरोध गर्दै आईरहेका छन्। सुरक्षा निकायले ति एक्टिभिस्टहरु लाई बैठकमा छिर्नबाट रोक्दै बैठक स्थलबाट हटाए। संघिय सरकारका सदस्यहरु यस घटनाका क्रममा कुनैपनि समय असुरक्षित नरहेको बताईएको छ।

फोटो: Keystone/Laurent Gillieron, 20min.ch
फोटो: Keystone/Laurent Gillieron, 20min.ch
Previous articleम्यानमारमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प
Next articleबेर्न १४औं पटक स्वीस आईसहक्कि च्यामपियन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here