पोखरा,  वैशाख १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्नुभयो ।
पोखरा उपमहानगरपालिका– १४, १५ र १८ वडास्थित छिनेडाँडामा रहने सो विमानस्थलले तीन हजार सात सय पैँतीस रोपनी जग्गा ओगट्ने छ।
चीन सरकारको सहयोगमा बन्ने नेपालको सो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चार वर्षभित्र निर्माण गरिने राष्ट्रिय गौरवको आयोजना हो । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नेपाललाई विश्व समक्ष अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले सो विमानस्थल निर्माण भएपछि पोखराको मात्र नभई समग्र नेपालको आर्थिक समृद्धिको ढोका खोलिने बताउनुभयो । उहाँले निर्धारित समयमै विमानस्थल बन्ने दृढता पनि व्यक्त गर्नुभयो । विस्तृत समाचार अर्को बुलेटिनमा आउने छ । रासस

Previous articleबेल्जियममा नेपाल महोत्सवको भव्य तयारी
Next articleम्यानमारमा ६.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here