१२ अप्रिल, बिष्णु सापकोटा, बेल्जियम ।  गैर आवासीय नेपाली संघ बेल्जियमको आयोजनामा आगामी १७ अप्रिल आईतबारका दिन  लुभेन शहरमा एक दिने नेपाल महोत्सव को भब्य रुपमा आयोजना गरिने भएको छ । गैर आवासीय नेपाली संघ वेल्जियम मुख्य आयोजक रहेको महोत्सव वेल्जियममा स्थापित वैचारिक,जातिय,सामाजिक तथा क्षेत्रिय झन्डै चार दर्जन संघ-संस्थाहरुको सयुक्त सह-आयोजनामा हुने महोत्सवको संरक्षकत्वको भुमिकामा नेपाली दुतावास व्रसेल्स रहेको छ।
नेपाल महोत्सवका लागि वेल्जियम नेपाल लगाएत अन्य मुलुकका कुटनैतिक,राजनैतिक, सरकार एवं संसदका प्रतिनिधीहरुलाई आमन्त्रण गरिएको र वेनलक्सका लागि महामहिम राजदुत राममणी पोखरेल, लुवेन नगरपालिकाका मेयर लुईस तोवाक, गैर आवासीय नेपाली संघका केन्दिय अध्यक्ष शेष घले, वेल्जियम एवं नेपालका संसद सदस्यहरुको सहभागिता हुने जानकारी प्राप्त भएको छ ।

वेल्जियममा सक्रिय पार्टिहरु मध्यमा Spa,Groen,CD&V, N-VA लगाएतका केन्द्रिय नेता तथा संसदहरुको बिशेष उपस्थिती रहने जानकारी गराईएको छ । वेल्जियम वाहिरका मुलुकहरुवाट समेत गैर आवासीय नेपाली संघका अभियान कर्ताहरु आउने  समेत आयोजक लाई जानकारी गराई सकेको अध्यक्ष गंगाधर गौतम ले बताएका छन। महोत्सवमा बेलायत बाट आउने नेपाली नौमती बाजा मुख्य आकर्षक रहने जनाईएको छ ।

महोत्सव उद्घाटन पुर्व बिहान एघार बजे नेपाली नौमती वाजा गाजा, नेपाली कला-संस्कृति भेष-भुषा झल्कने झाँकी सहित मार्च पास गर्दै विश्व शान्तिको कामना गरिने कार्यक्रममा रहेको छ ।

महोत्सवमा देश-विदेशमा रहेका बिभिन्न नेपाली संघ-सस्था हरुलाई निमन्त्रणा गरिसकिएको र विदेश बाट निमन्त्रणा गरिसकेका पाहुनाहरु आयोजक लाई  महोत्सव पुर्व सहभागी रहने जानकारी गराउन अनुरोध गरेको छ ।

महोत्सवमा नेपाली कला सस्कृति, नेपाल पर्यटन सम्वन्धि जानकारी, नेपाली हस्तकला प्रदर्शनी, नेपाली उत्पादन, नेपाली  खाना बिक्रि वितरण साथै नेपाल र नेपाली लाई लाई यूरोप तथा विश्व सामू चिनाउने महोत्सवको मुख्य उद्धेश्य रहेको बताइएको छ  । 

Previous articleसात बर्षिय छोरीलाई स्तनपान: यौन अपराध?
Next articleप्रमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here